जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
काठमाडौँ, १६ पुस । नेपाल पर्यटन बोर्डको २५ औँ स्थापना दिवसको अवसरमा नेपाल पर्यटन बोर्डको स्थापनाको औचित्य र नेपाललाई पर्यटकहरूको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नेबारे प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपाल पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्रपुरुष ढकाल, वर्तमान अध्यक्ष दीपक काफ्ले, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, पर्यटन व्यवसायीहरू योगेन्द्र शाक्य र सृजना राणाले पर्यटन गतिविधि र पर्यटन विकासका आधारहरूबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
नेपाललाई पर्यटक गन्तव्यस्थलको रूपमा विकास गर्न विभिन्न गतिविधिसहित महत्वपूर्ण योगदान पु¥याउँदै आउनुका साथै कला, संस्कृति र सम्पदा संरक्षणमा अग्रणी भूमिका निभाएकोले भक्तपुर नगरपालिकालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । पर्यटन गतिविधिमार्फत नेपालमा पर्यटकहरूको आकर्षणमा टेवा पु¥याउने ललिपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, पोखरा महानगरपालिका र मध्यपुर थिमि नगरपालिकालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । पर्यटन व्यवसायमार्फत विदेशी मुद्रा आर्जनमा योगदान पु¥याउने व्यवसायीहरू योगन्द्र शाक्य, अम्बिका श्रेष्ठलगायत पर्यटन सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूलाई पनि सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमसहित मनाइएको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका उत्कृष्ट कर्मचारीहरूलाई पनि पुरस्कारका साथ सम्मान गरिएको थियो ।
Leave a Reply