यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि राष्ट्रको नाउँमा सम्बोधन गर्दा ‘विकासको दशक’ बनाउने, ‘उज्यालो देश’ बनाउने, सरकारको कार्यशैली बदल्ने र हरेक कुरामा क्रमभङ्ग गर्ने उद्घोष गरे । उज्यालो देश बनाएर विकासको दशक बनाउने यो मुलुक कुशासन र भ्रष्टाचारको अखडा मात्र होइन सङ्गठित अपराधीहरूको थलो बनिरहेको दृष्टान्तले प्रमको भनाइलाई कतै गिज्याइरहेको त छैन ? देशको केन्द्रीय विमानस्थल टनका टन अवैध सुन भित्रिने, अवैध विदेशी मुद्रा, मानव तस्करी, लागूऔषध ओसारपसार गर्ने केन्द्र बनिरहेबाट थाहा हुन्छ, यो वर्ष विकासको दशक बन्दैन । देशका उद्योग तथा कलकारखाना, उद्योग विदेशी उद्योगपतिहरूको हातमा सुम्पिने र विकासको नाउँमा अकुत सम्पत्ति कमाउन पल्केका सत्तारुढ र ठुला दलका नेता, मन्त्री र सांसदहरूको चर्तिकलाले देश कसरी विकासको दशक बन्ला ?
नेपाल अझै साक्षर देश बनेको छैन । साक्षर देश बनाउने सपना उहिल्यै बुनेको थियो । सरकारी लक्ष्यअनुसार पहिले नै देश साक्षर मुलुक बन्नुपर्ने थियो । तर, त्यो अहिलेसम्म पूरा भएको छैन । विकासको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेहरूमा सत्तारुढ र ठुला दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू नै मुछिएका छन् । ठुला ठुला योजनाहरू आफ्नो हातमा पार्न अरूले ठेक्का लिन नसक्ने प्रावधान राख्ने पनि सत्तारुढ र ठुला दलका नेता र सांसदहरू परेका छन् । सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले विकासको दशक होइन सात पुस्तालाई पुग्ने गरी भुँडी भर्ने काम गरिरहेको अर्थविद् र राजनीतिक विश्लेषकहरूको विश्लेषण गलत होइन । विकासको योजना हातमा लिने, ठेक्का बाँड्दै हिँड्ने, सन्तुलित विकासभन्दा सत्ताधारी सांसदकेन्द्रित बजेट बनाएर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने देश के विकासको दशक बन्ला ?
आफ्नो पालामा देशभर बत्ती पु¥याएर देश उज्यालो बनाउने प्रम दाहालको सपना पनि कल्पनाको धुनमा नाच्ने नाच पो हुने हो कि ? बिजुली देशको सबै गाउँ बस्तीमा पुगेको छैन । नेपालको गाउँ बस्तीमा विद्युत् पु¥याएर उज्यालो बनाउनुको सट्टा सरकारले सस्तोमा भारतलाई बेचिरहेको छ । बिजुली देशभर पु¥याएर उज्यालो मात्र बनाउने होइन देशलाई विद्युतीकरण गर्नु खाँचो छ । गाउँ–गाउँ र बस्ती–बस्तीमा बिजुली नपु¥याउँदै भारतलाई बेचेर देश कसरी उज्यालो हुन्छ ? देशलाई उज्यालो बनाउन सरकारले भारतलाई होइन नेपालीलाई सस्तोमा बिजुली वितरण गर्नुपर्छ । गाउँ–गाउँमा बिजुलीबाटै घरेलु उद्योगहरू विकास गरेर, बिजुलीबाटै खानेकुरा पकाउन सक्ने गरी विद्युत् आपूर्ति गर्नुपर्छ । बिजुलीबाटै स्वदेशमै रासायनिक मल कारखाना सञ्चालन हुने गरी स्थापना गर्नुपर्छ । के प्रम दाहालको कार्यकालमा देशको कुना कुनामा र बस्ती बस्तीमा बत्ती पुग्छ ?
सरकारको कार्यशैली बदल्ने रे ! कार्यशैली बदल्ने भन्नुको अर्थ अहिलेको सरकारको कार्यशैली स्वयं सरकारलाई चित्तबुझ्दो छैन भन्ने अर्थ लाग्छ । सरकारको अर्को कार्यशैली भनेको के हो ? राष्ट्रको नाउँमा सम्बोधन गर्दा त्यो कुरा किन प्रस्ट पारिएन ? के यो प्रम दाहालको लोकाचार होइन ? आकर्षक र मीठो कुरा फुकेर प्रम दाहालले कहिलेसम्म झूटको राजनीति गरिरहने ? आश्वासन दिएर जनतालाई झुलाउने ? पटकपटक सरकारको नेतृत्व गरिसकेका सत्तारुढ दलहरूले हिजो किन विकासको दशक देखेनन् ? देश उज्यालो बनाउने योजना सरकारले बुन्नु पर्दैन ? विकासको दशक बनाउन भ्रष्टाचार अन्त्य गर्नुपर्दैन ? विकासमा चुहावट रोक्नु पर्दैन ? सन्तुलित विकासको आधार तयार गर्नुपर्दैन ?
Leave a Reply