भर्खरै :

सरकारको अकर्मण्यताले युवाहरू बिदेसिन बाध्य

सरकारको अकर्मण्यताले युवाहरू बिदेसिन बाध्य

देशमा रोजगारको अवसर नहुँदा आज कैयौँ नेपाली युवाहरू बिदेशिन बाध्य छन् । नेपाली श्रम स्वीकृत नभएका धेरै देशहरूमा युवाहरू भारत हुँदै रोजगारीको खोजीमा भौतारिँदै छन् । भारत हुँदै अन्य मुलुक जाने क्रममा दलालमार्फत फसेका, सस्तो ज्यामीको रूपमा बेचिन पुगेका केही पीडितहरूको चित्कार दिनानुदिन सामाजिक सञ्जालमा आइरहेको हामी पाउँछौँ । तैपनि, मानिसहरूले त्यस्तै बाटो अपनाउनु परिरहेको स्थिति छ ।
अध्ययन पनि गर्ने र कमाउने भनी इजरायल गएका नेपाली विद्यार्थीहरूमध्ये १० जना नेपालीको प्यालेस्टिन र इजरायलको युद्धमा मृत्यु हुन पुग्यो भने केही घाइते भए । अहिले रुस युक्रेनको युद्ध चलिरहेको छ । नेपाली युवाहरू मृत्युको बाजी थापेर तेस्रो मुलुक हुँदै रुसको सेनामा भर्ती हुँदै छन् । दुई देशबिचको युद्धमा रुसी र नेपाली सेनाको पनि मृत्यु भएका खबरहरू आइरहेका छन् । घर–परिवार चलाउनकै लागि मृत्युलाई हत्केलामा राखेर नेपाली युवाहरू युद्धमा होमिन बाध्य भएको चर्चा भइरहेको हामी पाउँछौँ ।
स्वदेशमा बेरोजगारीले छटपटिएका युवाहरू विदेशमा भए पनि काम गर्न जान पाउँ भनी आन्दोलन गर्न बाध्य छन् । आन्दोलन दबाउन भनी सरकारको कारबाहीमा परी काठमाडौँमा दुई विद्यार्थी युवाको दुःखद निधन भयो । क्षतिपूर्तिको नाममा मृतकको परिवारलाई केही पैसा दिएर घटनालाई सामसुम पार्ने प्रयास भयो । हजारौँ युवाहरू बेरोजगार छन् । सरकार रोजगार सिर्जना गर्न, काम दिनभन्दा पनि स्थितिलाई मत्थर पार्नमै सोचमग्न देखिन्छ । यसको कारण देशको परिस्थिति थप जटिलतर्फ गइरहेको सचेत बुद्धिजीवीहरू विश्लेषण गर्दै छन् ।
यसरी कामकै खोजीमा मृत्युवरण हुनु नेपालीहरूको दुर्दशा हो भने सरकारको अकर्मण्यता हो । बिदेसिएको झन्डै सत्तरी लाख नेपाली युवाहरू यो पुँजीवादी शासक दलहरूको विरुद्ध उठ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *