यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २६ पुस । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा सदस्य विद्यालयका शिक्षकहरूबिच वार्षिक भेटघाट तथा वनभोज कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा गणेश माध्यमिक विद्यालय भार्वाचोका प्रधानाध्यापक गणेशराम थुसाले भक्तपुर नगरपालिका ‘ख्वप मोडेल’ का रूपमा विकास भइरहेकोले विद्यालयहरू पनि मोडेलका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको विद्यालय मर्ज गर्ने नीतिबाट विद्यालयलाई जोगाउन नेक्राशिसङ्घ लागिपरेको चर्चा गर्दै शिक्षकहरू पेसाप्रति बफादार भई विद्यालयलाई राम्रो बनाउनतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालय समितिका पूर्वअध्यक्ष तुल्सीराम ग्वाछाले आफूले अँगालेको पेसालाई माया गर्नुपर्ने र विद्यार्थीहरूलाई सक्रिय बनाउन शिक्षकहरू अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष दीपक माकले भक्तपुरलाई आधारभूत विद्यालयको क्षेत्रमा नमुना बनाउन सबैतिरबाट पहल हुनुपर्ने बताउनुभयो । उहाँले आधारभूत विद्यालय समितिले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा शिक्षक कर्मचारीहरूको पेशागत हकहितका लागि आवाज उठाउँदै आएको बताउनुभयो । कार्यक्रममा समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा र सचिव सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply