कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
भक्तपुर, २८ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा अन्तरसहकारी छात्रा एकल १९ वर्षमुनि ब्याडमिन्टन प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले संस्थाबाट निरन्तर खेलकुदका गतिविधिहरू गर्दै आएको सराहनीय कदम भएको र यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट खेलकुद क्षेत्रमा गर्दै आएको विभिन्न गतिविधिहरूबारे जानकारी दिँदै उहाँले माघ महिनामा अन्तर विद्यालय भनपा नगरस्तरीय खेलकुद प्रतियोगिता हुने बताउनुभयो ।
नगरवासीहरूको स्वास्थ्यलाई ध्यानमा राखी वडावडामा छिकोङ खेल प्रशिक्षण भइरहेको छ, उहाँले भन्नुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका राजेन्द्र प्रजापतिले भक्तपुरमा खेलकुद क्षेत्रमा भइरहेको प्रगतिबारे चर्चा गर्दै यसलाई अझै राम्रो गर्नका लागि विभिन्न भौतिक पूर्वाधारहरूको व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले सहकारीले सदस्यहरूलाई हरेक वर्ष खेलकुदसँग सम्बन्धित विविध गतिविधिहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा पनि यस्तै गतिविधि गर्दै लैजाने उल्लेख गर्नुभयो ।
प्रतियोगिताको फाइन खेलमा लोकेश्वर साकोसका प्रीति देशेमरूले लोकेश्वर साकोसकै रूषा जतिलाई पराजित गर्दै विजेता हुन सफल भए ।
युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त प्रतियोगिताको फाइनल खेलपछि विजेता खेलाडी, सहभागी सहकारी र निर्णायकको भूमिकामा रहनुभएका रेफ्रीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
आयोजक उपसमितिका इन्द्रभक्त पञ्चले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
Leave a Reply