भर्खरै :

बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बजार प्रतिनिधिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर, ८ माघ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा बजार प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले बजार प्रतिनिधिले संस्थाको बारेमा सम्पूर्ण जानकारी राखी सदस्यको बचत सुरक्षाको सुनिश्चतता गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सदस्यलाई सहकारीको बारेमा सुसूचित गर्न बजार प्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
तालिमका प्रशिक्षक उपेन्द्र हुमागार्इँले बजार प्रतिनिधिहरू स्वउत्प्रेरित भई सदस्यहरूलाई निरन्तर सेवा, सम्पर्क र सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतारेमात्र तालिम सार्थक हुने बताउनुभयोे ।
सङ्घका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीले सदस्यसँग मात्र कारोबार गर्ने भएकोले बजार प्रतिनिधिभन्दा सदस्य सहायक भन्नुपर्ने बताउनुभयो ।
सदस्यको सेवामा खटिने बजार प्रतिनिधिले सदस्यलाई सही सूचना सम्प्रेषण गर्न सहकारीबारे निरन्तर ज्ञान हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
तालिममा सहभागीहरूले तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा धेरै सहयोग पुग्ने बताए । तालिममा सदस्य संस्थामा कार्यरत ३९ जना बजार प्रतिनिधिहरूको सहभागिता थियो । तालिमको समापन सञ्चालक सङ्घका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *