भर्खरै :

अछाममा ५० औँ स्थापना दिवस सम्पन्न

अछाममा ५० औँ स्थापना दिवस सम्पन्न

अछाम, १० माघ । नेपाल मजदुर किसान पार्टी अछामको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवस कमलबजार नगरपालिकाको गैरीटाँडमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश समिति संयोजक नवराज कोइरालाले पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूमा शुभकामना दिनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा स्थापनाको झण्डै आधा शताब्दीसम्म पनि आफ्नो उद्देश्य, नीति र कार्यक्रममा अडिग रहनु गौरवको कुरा भएको उहाँले चर्चा गर्नुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी पार्टी पुँजीवादी पार्टी साबित भएको दाबी उदाहरणसहित बताउनुभयो ।
नेमकिपा अछामका अध्यक्ष झङ्कर शाहीले एमसीसी अनुमोदन गर्नेहरू अमेरिकी साम्राज्यवादका दलाल साबित भएका छन् भन्नुभयो ।
नेक्राविसङ्घ अछामका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले पुँजीवादी शिक्षा प्रणालीले कामदार जनताका छोराछोरीको हित नहुने बताउनुभयो ।
नेमकिपा जिल्ला समिति सदस्य राजेन्द्रबहादुर शाही, नेक्रामसङ्घ अध्यक्ष महेन्द्र रावल, नेक्रामहिलासङ्घ कमलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष अम्मकला शाही, वडा सदस्य रिउली शाही र नेक्रायुसङ्घका नेत्रबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व नेमकिपा जिल्ला समिति सदस्य सुरेन्द्रबहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रममा सुवास शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *