भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
काभ्रे, १० माघ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले समाजवादी व्यवस्था स्थापना गर्न नेमकिपा खोलेको बताउनुभयो ।
नेमकिपाका हिमालयश्वर मूलले कम्युनिस्ट पार्टीको घोषणापत्र बुझ्न मानव समाजको विकासक्रमलाई बुझ्नुपर्नेे बताउनुभयो ।
उहाँले जेरूसलम, इजिप्ट, मिश्र सभ्यताको विकासक्रममा मानव समाजकै देन रहेको चर्चा गर्दै किसान मजदुरको दासत्व मुक्तिको सङ्घर्षबाट औद्योगिक समाज विकास भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले प्यालेस्टिन र इजरायलबिचको राजनीतिक सङ्घर्ष र त्यहाँ स्थापना भएको कम्युनिस्ट पार्टी तथा हमासको उदय र सङ्घर्षबारे बताउनुभयो ।
डा. हरिप्रसाद मानन्धरले देशको अस्तित्वमा आँच पु¥याउने सम्झौताको निन्दा गर्दै नेमकिपाले कम्युनिस्ट पार्टीको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रेका रणबहादुर राणा र पुण्यशोभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply