भर्खरै :

के हाम्रो राजनीति भ्रष्टीकरण भयो ?

१३ माघ २०८० को ‘राजधानी’ दैनिकमा ‘ज्ञानेन्द्र शाहका ‘तिमीहरू’ शीर्षकको अग्रलेखमा सम्पादक ‘सरोज मिश्र’ को लेख वा सम्पादकीयमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको अत्यन्त अभद्र र कहिले नसुनिएको र ‘असम्भव’ निन्दनीय विषय लेखेर नेपाली पत्रकारितालाई सा¥है तल्लो स्तरमा पु¥याएको बुद्धिजीवी समुदाय र जनताबिच टीकाटिप्पणी सुनियो ।
कसैले अत्यन्त अशिष्ट भाषा प्रयोग गरी कुनै लेख र ‘पाठकपत्र’ पठाए पनि अशिष्ट’ र ‘अश्लील’ विषय पुनः दोहो¥याउनु वा उल्लेख गर्नु नराम्रो विषयलाई अझ प्रचार गर्ने मनसायबाट प्रेरित गर्ने प्रवृत्ति भनेमा फरक नपर्ला !
प्रजातन्त्रमा जसले जे लेखे पनि प्रचार गर्ने ‘स्वतन्त्रता’ पाइन्छ भन्ने भावनाबाट भन्दा समाजलाई नराम्रोभन्दा राम्रो र सकारात्मक सन्देश पु¥याउनु पनि हो । यो असल नागरिकहरूको कर्तव्य हो । नराम्रो विषयमा बढी जोड दिनुको अर्थ नराम्रो विषयलाई अझ बलियो बन्नेबारे सबै देशभक्त नागरिक सचेत छन् ।
पत्रकारितालाई अझ राम्रो र सुपाच्य बनाउनु सबै पत्रकार र संवेदनशील समुदायको कर्तव्य हो । सदाचारबारे सबै सचेत हुनु समाज अत्यन्त सजग हुने अर्थ लाग्नु पनि स्वाभाविक हो ।

…..
एमाले महासचिव
पोखरेलको “अभिशाप” बारे

११ माघको दिन म्याग्दीको एक समाचारमा एमाले महासचिव शङ्कर पोखरेलले सदरमुकाम बेनीमा एमालेको १० औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै वर्तमान ‘सत्ता गठबन्धन देशको लागि अभिशाप’ भएको बताए । (नागरिक, १३ माघ २०८०)
शासक दलहरूको काम गर्ने शैली हेर्दा स–साना जिल्लास्तरीय र प्रदेशस्तरीय विकास निर्माण कार्यमा समेत आलोचना हुन सक्ने र अङ्क नपु¥याई निर्णय गर्ने र अर्को सरकारले त्यसलाई हेरफेर गरी कामै नहुने गतिविधिबारे बारम्बार सुनिएकै विषय हो । यसबारे प्रमुख प्रतिपक्षले हरेक मन्त्रालयबारे जानकारी लिने बनाउनु पनि खबरदारी गर्ने समिति नबनाएको देखिन्छ । वेस्टमिनिस्टर सिस्टमअनुसार मन्त्री र नेताहरूले भाषण दिनुभन्दा सम्बन्धित औपचारिक समितिको प्रतिपक्षको नेताले खबरदारी गर्नुपर्ने हो ।

…….
आया राम, गया राम र ‘फ्लोर क्रस’ बारे

प्रजातन्त्रको पुनः स्थापनाको सुरूमै सत्ता टिकाउन, फ्लोर क्रस गराउने र नयाँ सत्ता गठबन्धन बनाउने जस्ता अप्रजातान्त्रिक कार्य सुरू शासक दलहरूले नै गरे । सारमा, निर्वाचन घोषणापत्रसँग बाझिएका दलहरूको बिचमा चुनाव एकता गर्न दिनु हुने थिएन र सरकार बनाए पनि ‘निर्वाचन घोषणापत्र’ लाई मिच्न दिनु हुँदैनथ्यो । निर्वाचन आयोगकै बैठकमा यसबारे बरोबर सर्वदलीय बैठकमा विषय उठ्दा पनि आयोग मौन बस्दा वा कारबाही नहुँदा ‘बहुदलीय प्रजातन्त्र’ र ‘निर्दलीय प्रजातन्त्रको रूप’ लिएको बारे सुरूमै चिन्ता व्यक्त गरिएको थियो ।
तर, नेपाली काङ्ग्रेस र एमालेले आफ्नो हित हुने देखेमा प्रजातन्त्रका सबै नैतिक मूल्य मान्यतालाई कुल्चेर अगाडि बढेको देखियो । त्यसबेला सांसदहरूले संसद्मै खबरदारी गर्थे । जो पानीसँग खेल्छ पानीमै मर्छ र जो आगोसँग खेल्छ आगोमै मर्छ ।
१२ माघ २०८० को ‘राजधानी’ मा एक समाचारको शीर्षक थियो – ‘राष्ट्रियसभामा निर्वाचन’, ‘कोशीमा सत्ता गठबन्धनलाई ‘फ्लोर क्रस’ ले धक्का’, अर्को समाचारको शीर्षक थियो – ‘माओवादी केन्द्र पहिलो, एमाले तेस्रो’ । प्रमुख प्रतिपक्ष दल माथिल्लो सदनमा कमजोर हुनु प्रमुख प्रतिपक्ष दलको राजनीतिक प्रभाव कमजोर हुनु स्वाभाविक हो ।
तर ‘राजधानी’ ले आफ्नो सम्पादकीय लेख्यो – ‘हाम्रो राजनीतिको भ्रष्टीकरण ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *