जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर वागेश्वरी – ७ एकाइ समितिको आयोजनामा कृषिसम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने उद्देश्यले नेमकिपा स्थापना भएको र नेमकिपा कामदार जनताको शासन हुने समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
पार्टीले भारतीय विस्तारवाद र एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादको विरूद्धमा स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले नेमकिपाले किसानहरूको हितमा गरेको किसान सङ्घर्षबारे जानकारी दिनुभयो ।
वाग्मती प्रदेशसभा बैठकमा नेमकिपाका सांसदहरूले पार्टी निर्देशनअनुसार कामदार जनताको हितमा आवाज बुलन्द गर्दै आएको र नेमकिपाले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कुमारप्रसाद चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रमेश वैद्य, रामबहादुर श्रेष्ठ, अर्जुन काफ्ले, दुर्गा नेपाल, सन्देश दनेखुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply