भर्खरै :

टोखामा नेपालभाषा कविता लेखन कार्यक्रम

टोखामा नेपालभाषा कविता लेखन कार्यक्रम

काठमाडौँ, १८ माघ । नेपालभाषा साहित्य तः मुंज्या टोखाको आयोजनामा नेपालभाषाको कविता लेखन कार्यक्रम नेपालभाषाका लोककवि राजभाइ जकःमिको आतिथ्यमा मिर्मिरे भवनमा भयो ।
कार्यक्रममा अतिथि लोककवि जकःमिले नेपालभाषा साहित्य क्षेत्रमा कविता लेखनको प्रकृति र सार अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालभाषाका शब्द बनावटमा वैज्ञानिकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालभाषा साहित्य तः मुंज्या टोखाका संस्थापक सचिव राजवीर डंगोलले नेपालभाषाको साहित्य लेखन अहिले अपरिहार्य भएको र नयाँ पुस्तालाई भाषाको बोलचालमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालका सबै भाषाभाषीहरूलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै देश र जनताको पक्षमा साहित्य लेख्नुपर्छ भन्नुभयो ।
नेपालभाषा साहित्य तः मुंज्या टोखाका अध्यक्ष कासिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा शैलेश डंगोलले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रम दुई दिन चल्नेछ । आगामी फागुन ७ गते हुने १७ औँ नेपालभाषा साहित्य तः मुंज्याको तयारीस्वरुप नेपालभाषाको कविता लेखन कार्यक्रम भएको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *