लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, २० माघ । “नेपाल मजदुर किसान पार्टी आधा शताब्दीसम्म कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तअनुसार निरन्तर सङ्घर्षरत पार्टी हो । पद र पैसाको लोभ नगरी समाजवादी विचारबाट बिचलित नभई समाज परिवर्तनको लागि लडिरहेको यो नेपालको एकमात्रै कम्युनिस्ट पार्टी हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ७ खेलकुद समितिद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले नेमकिपा देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको आन्दोलनमा सधैँ अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै आएको विचार व्यक्त गर्दै भक्तपुरमा शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षण, सरसफाइलगायतका क्षेत्रमा सुधार हुनु नेमकिपाको देन हो भन्नुभयो ।
उहाँले खेलाडीहरू विकृति र विसङ्गतिबाट टाढा रहेर देशको भावी समाज सभ्य र सुसंस्कृत बनाउन लाग्नुपर्ने बताउँदै खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुद पूर्वाधार निर्माणमा जोड दिइरहेको स्पष्ट पार्दै प्रत्येक युवालाई अनिवार्य सैनिक तालिम दिनु आवश्यक छ भन्नुभयो ।
पूर्वखेलाडी विश्वराम कवांले आफ्नो खेल जीवनबारे जानकारी दिँदै विजयी खेलाडीहरूलाई बधाई दिनुभयो ।
खेलकुद समितिका संयोजक केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले दौद प्रतियोगितामा विजय खेलाडीहरूलाई मेडल तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply