अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी एकाइले गत पुस २२ गतेदेखि माघ १२ गतेसम्म सञ्चालित विभिन्न तालिमको समापन गरेको छ । नेक्राविसङ्घले शनिबार एक कार्यक्रमको आयोजना गरेर वेब डिजाइनिङ, बेसिक ट्याली तथा वक्ता प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र गरेको हो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले युवाहरू विदेश पलायन हुँदा देशको राजनीतिमा खराबको हालिमुहाली हुन गएको तर्क गर्नुभयो । उहाँले लिपुलेकमा भारतीय सेना तैनाथ भएको चर्चा गर्दै लिम्पियाधुरादेखि नेपाल – भारत सीमाका कैयौँ ठाउँमा भारतीय अतिक्रमण भएको उल्लेख गर्दै युवाविद्यार्थीको सङ्गठित शक्तिले मात्र अब देशको सार्वभौमिकता जोगाउन सकिने भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले विद्यार्थीले पुस्तकको अध्ययन गरेरमात्र नपुग्ने बरु समाजमा हुने विभिन्न क्रियाकलापबाट बढी सिक्न सकिने धारणा राख्नुभयो । उहाँले किताबको कीरा भएर नसिक्ने भन्दै अनुभवबाट सिकेका कुरा कहिल्यै नभुल्ने धारणा राख्नुभयो ।
उहाँले सामाजिक सञ्जालमा आएको गलत ज्ञान तथा सूचनाको कारण अपरिपक्व युवाहरूले गलत निर्णयहरू गरेको भन्दै सचेत हुन सुझाव दिनुभयो ।
प्रतिस्पर्धात्मक युगमा विभिन्न सीपहरू सिकेर तिनको उपयोग गर्नसक्नुपर्ने आवश्यकतामाथि जोड दिँदै अतिथि गोसाईले इमानदारीपूर्वक राजनीति गर्दै देश र जनताको सेवामा लाग्न प्रेरित गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले नयाँ पुस्तालाई आमूल परिवर्तनका लागि सचेत र सङ्गठित हुन जोड दिंदै सही राजनीतिक ज्ञानले विद्यार्थीहरूलाई हरेक क्षेत्रमा योग्य परिपक्व बनाउने भएकोले क्रान्तिकारी विचार र सिद्धान्तलाई आत्मसात गर्दै सङ्घर्षको मैदानमा उत्रनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले त्रिविका विकृति विसङ्गति राजनीतिक भागबन्डाको कारण सिर्जित भएको गुनासो पोख्नुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्थाका लागि समाजवादी बन्दोबस्तको अपरिहार्यता रहेको उहाँले बताउनुभयो ।
नेपाल प्राध्यापक समाज भबक्या एकाइ समिति संयोजक हरिसुन्दर सुवालले व्यावहारिक र वैज्ञानिक शिक्षा नै आजको आवश्यकता भएको चर्चा गर्दै देशको निम्ति केही गर्ने सोचका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
नेक्राविसङ्घ भबक्या एकाइ समिति अध्यक्ष उमेश शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिकी निरु विश्वकर्मा, सुजन दुवाल, प्रशिक्षक रवीन्द्र कुसी, रोजिना वनमाला, प्रशिक्षार्थी प्रजिता बासुकला, विपना खत्रीलगायतले तालिमबारे आ–आफ्नो अनुभव सुनाउनुभयो ।
Leave a Reply