के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भैरहवा, २३ माघ । नेपाल मजदुर किसान पार्टी स्थापनाको स्वर्ण वर्षको अवसरमा मङ्गलबार भैरहवा बहुमुखी क्याम्पसमा पुस्तक प्रदर्शनी भयो ।
नेपाल मजदुर किसान पार्टी, जनवर्गीय सङ्गठन र पार्टी आबद्ध प्रकाशकहरूले प्रकाशन गरेका ४५ प्रकारका पुस्तक प्रदर्शनीमा राखिएको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भैरहवा क्याम्पस प्रारम्भिक समितिका अध्यक्ष सुग्रीम साहनीले बताउनुभयो ।
क्याम्पसका विद्यार्थीहरूले अभिरूचिपूर्वक अवलोकन गरिएको उक्त प्रदर्शनीमा मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी, समाज विकासको एक झलक, माक्र्स र एङ्गेल्सको जीवनी, स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा, जेलका चिठीहरू, हजुरबाका चिठीहरू, नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटो विचार, सय वर्षपछिको भक्तपुर, रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल – भारत सम्बन्ध र भारत, शिक्षामा नवउदारवाद, फिडेल क्यास्ट्रोको जीवनीलगायत पुस्तकहरू अधिक बिक्री भएको जनाइएको छ ।
Leave a Reply