भर्खरै :

चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन

चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शन

भक्तपुर, २ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनियाँ राजदूत महामहिम छन सोङको विशेष आतिथ्यमा चिनियाँ नयाँ वर्ष २०२४ (ड्रागन वर्ष) को अवसरमा सांस्कृतिक प्रदर्शनी कार्यक्रम बुधबार लाय्कु, भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सि चिनफिङ र सम्पूर्ण चिनियाँ जनतामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल–चीनबिचको मित्रता र सांस्कृतिक सम्बन्ध युगौँदेखिको पुरानो हो भन्नुभयो । उहाँले भन्नुभयो, “ते¥हौँ शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्वेत चैत्य नेपाल–चीनबिचको सयौँ वर्ष अघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।”
उहाँले चीनको स—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाका पार्टी समिति सचिव युआन चियाच्युन, सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङले भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको स्मरण गर्दै भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबिच मैत्रीपूर्ण सहकार्य स्थापना गर्न सहमत भई हस्ताक्षर भएको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि भगिनी सम्बन्ध रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान–नान नगरपालिकाले स्वास्थ्य सामग्रीहरू सहयोग गरेको बताउँदै उहाँले सङ्कटको बेला सहयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले एक असल छिमेकीको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरभित्रका सम्पदाहरूको अवलोकन गर्न बर्सेनि विश्वका विभिन्न देशबाट लाखौँ पर्यटकहरू आउने गरेका विदेशी नागरिकहरूबाट नगरपालिकाले केही सेवा शुल्क लिई शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणलगायतमा खर्च गर्दै आएको जानकारी उक्त कार्यक्रममा प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि राजदूत सोङले भक्तपुरलाई नेपालको सांस्कृतिक राजधानीको संज्ञा दिँदै भक्तपुर नगरभित्रका विशिष्ट कला र संस्कृतिले संसारभरका पर्यटकहरूलाई आकर्षित गरेको जानकारी दिनुभयो । उहाँले “चिनियाँ नयाँ वर्ष सबैभन्दा पुरानो र लाखौँ परिवारहरूलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नयाँ अँगाल्ने उत्सव हो” भन्नुभयो ।
उहाँले गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाले चिनियाँ नयाँ वर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्तावलाई एकमतले पारित गरेको जानकारी दिँदै यो राष्ट्रपति सी चिनफीङले अगाडि सार्नुभएको ‘विश्वव्यापी सभ्यता अगुवाइ’ को एक ज्वलन्त नमुना भएको उल्लेख गर्नुभयो ।
चिनियाँ नयाँ वर्षको अवसरमा पहिलो पटक श्रृङ्खलाबद्ध कार्यक्रम आयोजना गरेको बताउँदै उहाँले यस क्रममा युनान प्रान्तको अन्तर्राष्ट्रिय बसन्त महोत्सव तथा नयाँ वर्षको स्वागत कार्यक्रम, आनहुई प्रान्त सांस्कृतिक टोलीको शुभ वसन्त महोत्सव, तिब्बती नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन प्रदर्शनीलगायतका कार्यक्रमहरूले नेपालमा चिनियाँ नयाँ वर्षको उत्साहपूर्ण वातावरण सृजना गरेको बताउनुभयो ।
राजदूत सोङले यो वर्ष चीनको जनगणतन्त्र स्थापनाको ७५ औँ र आउँदो वर्ष चीन–नेपाल दौत्य सम्बन्धको ७० औँ वर्षगाँठ भएको हुँदा दुबै देशको सम्बन्धमा नयाँ अवसर र सम्भावनाहरू रहेको जानकारी दिँदै आगामी दिनमा नेपाल चीनबिच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदान र सहकार्यको नयाँ वातावरण सृजना हुनेमा आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा चीनको तर्पmबाट ड्रागन नाच, सिंह नाच र छीलीन नाच प्रस्तुति गरिएको थियो भने भक्तपुर नगरपालिकाको तर्पmबाट रामचन्द्र नाच (माक प्याखं), लाखे नाच र सिंहसमेतको देवी नाच प्रस्तुत भएको थियो ।
कार्यक्रमपश्चात् पचपन्न झ्याले दरबार साकोठा हुँदै टौमढीसम्मको छोटो सांस्कृतिक ¥यालीमा ६ वटै नाचसहित प्रमुख अतिथि, अतिथि, जनप्रतिनिधि, कर्मचारीहरू, चिनियाँ कलाकार, नेपाली कलाकारसमेतको सांस्कृतिक टोली तथा नगरवासीहरू सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *