भर्खरै :

“हामीले नेपाल–चीनबिच विभिन्न क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्नेर्छाैँ”

“हामीले नेपाल–चीनबिच विभिन्न क्षेत्रमा सहकार्यको वातावरण सिर्जना गर्नेर्छाैँ”

यहाँहरू सबैलाई चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित यस सांस्कृतिक प्रदर्शनीमा हार्दिक स्वागत गर्दछु ।
सर्वप्रथम, आजको यस कार्यक्रम सफल बनाउन कार्यक्रमको तयारीमा महत्वपूर्ण सहयोग गर्नुभएकोमा म भक्तपुर नगरपालिकालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । चीन–नेपाल मित्रता र सहकार्यलाई अझ गहिरो बनाउन सकारात्मक योगदान पु¥याउनुहुने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
भक्तपुर नेपालको सांस्कृतिक राजधानी हो । भक्तपुर नेपालको मध्यकालीन वास्तुकला र संस्कृतिको जन्मस्थल पनि हो । भक्तपुरको विशिष्ट प्रकारको कला र संस्कृतिले संसारभरका पर्यटकहरूलाई आकर्षित गर्छ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित आजको यस सांस्कृतिक प्रदर्शनी भक्तपुरका जनता र यहाँ पाल्नुभएका पर्यटकहरूको निम्ति एक फरक प्रकारको अनुभव हुनेमा म विश्वस्त छु ।
चिनियाँ नयाँ वर्ष अर्थात् वसन्तको चाड चिनियाँ संस्कृतिमा सबभन्दा पुरानो र महत्वपूर्ण परम्परागत चाड हो, लाखौँ परिवारहरूलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नयाँ अँगाल्ने उत्सव पनि हो । गएको वर्ष सम्पन्न संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाले चिनियाँ नयाँ वर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्ताव एकमतले पारित गरेको थियो । विभिन्न सभ्यताबिचको आदानप्रदान र आपसी सिकाइलाई प्रवद्र्धन गर्न यो प्रस्तावले बल पु¥याउनेछ । यो राष्ट्रपति सी चिनफीङले अगाडि सार्नुभएको ‘विश्वव्यापी सभ्यता अगुवाइ’ को एक ज्वलन्त नमुना पनि हो ।
यो वर्ष नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्डलगायत विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा वसन्तको चाड अर्थात चिनियाँ नयाँ वर्षको अवसरमा पहिलो पटक नेपालमा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गरिएको हो । यस क्रममा सम्पन्न भएका युननान प्रान्तको अन्तर्राष्ट्रिय वसन्त महोत्सव तथा नयाँ वर्षको स्वागत कार्यक्रम, आनहुई प्रान्त सांस्कृतिक टोलीको शुभ वसन्त महोत्सव, तिब्बती नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम, चिनियाँ लालटिन प्रदर्शनीजस्ता कार्यक्रमहरूले नेपालमा चिनियाँ नयाँ वर्षको उत्साहपूर्ण वातावरण सृजना गरेको छ । आज हामी चिनियाँ ड्रागन नाच, सिंह नाच र छिलीन नाचसहितको सांस्कृतिक प्रदर्शनीमा छौँ ।
ड्रागन चिनियाँ जातिको ‘टोटेम’ अर्थात् आध्यात्मिक प्रतीक हो । ऊर्जावान र शक्तिशाली भव्य रुप तथा बहादुर र निडर आत्मा भएको ड्रयागनसँग संसारलाई काबुमा राख्न सक्ने अतुलनीय शक्ति भएको मानिन्छ । ड्रयागन वर्ष सुरु भएको यस अवसरमा म चीन नेपाल दुबै देश ड्रागनको जुझारु भावनालाई ब्युताउँदै, ड्रागन जस्तै उड्ने र कडा परिश्रम, सृजनशीलता र समर्पणको भावनासहित हातमा हात मिलाएर सुन्दर भविष्यतर्फ द्रुतगतिमा अगाडि बढ्न सकून् भन्ने कामना गर्दछु ।
यो वर्ष जनगणतन्त्र चीन स्थापनाको ७५ औँ वर्षगाँठ हो । त्यसैगरी अर्को साल चीन–नेपाल दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ पर्छ । यो नयाँ ऐतिहासिक बिन्दुमा उभिएर चीन–नेपाल सम्बन्धले नयाँ अवसर र सम्भावनाहरूलाई स्वागत गरिरहेको छ । हामीले सी चिनफीङ नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवादको सिद्धान्त, विशेषतः सी चीनफीङको विदेश मामिलासम्बन्धी विचारको मार्गनिर्देशनमा मानव जातिको साझा भविष्य निर्माणलाई केन्द्रबिन्दुमा राख्दै नेपाल चीनबिच विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यको नयाँ वातावरण सृजना गर्नेछौँ ।
अन्त्यमा,
चीन नेपाल दुवै देशमा शान्ति र समृद्धिको निम्ति कामना गर्दछु । दुबै देशका जनताले चिताएका कुरा पूरा होस्, ड्रागन वर्षको शुभकामना ! भक्तपुरका जनतामा घरघरमा सुख भित्रियोस्, नयाँ वर्षको शुभकामना ! धन्यवाद !
(२०८० फागुन २ गते चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सांस्कृतिक प्रदर्शनमा नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *