भर्खरै :

फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन

फागुन १३ गतेबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन

भक्तपुर, ८ फागुन । भक्तपुरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिने भएको छ ।
दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०८०।८१ भक्तपुर नगरपालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लक्षित समूह यस खोप अभियानबाट वञ्चित हुन नहुने बताउँदै भनपाभित्रका सबै बालबालिकाहरूलाई खोपको सुनिश्चितता गर्ने बताउनुभयो ।
राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्धको खोपमा सरकारले सम्पूर्ण खर्च व्यहोर्दै आएको बताउँदै उहाँले सरकारले निःशुल्करूपमा प्रदान गर्दै आइरहेको खोपमा बालबालिकाको पहुँच पु¥याउनु आवश्यक भएको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप अभियान सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । नेपाल सरकारको उच्च प्राथमिकतामा परेको दादुरा–रुबेला खोप ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूमा लगाइने बताउँदै उहाँले खोप अभियानको उद्देश्य, अवस्था र उपलब्धिबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *