नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हालको समयमा विश्व अर्थव्यवस्था डि–डलराइजेसन हुनुपर्ने तातो बहसको विषय बनेको छ । अमेरिकाले डलरलाई राजनीतिक उपकरणको रूपमा प्रयोग गर्दा रुस डि–डलराइजेसनको पक्षमा मुखररूपले अगाडि आएको छ । विदेशमा जम्मा गरिएका रुसी सम्पत्तिहरू जफत गरेर युक्रेनलाई दिने अमेरिकी योजनाविरुद्ध रुसले अमेरिकी मुद्रा डलरको प्रयोगलाई नै बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकाको यस्तो अहङ्कारी गतिविधिले अमेरिकी डलरको विश्वसनीयतालाई उल्टै कमजोर बनाएको छ । रुसले आफ्नो सार्वभौम सम्पत्ति हडप्ने कुनै पनि प्रयासलाई गैरकानुनी मान्दछ । अमेरिकाको कार्य स्वार्थी राजनीतिक लक्ष्यहरूबाट प्रेरित छ । रुसी राज्यको सम्पत्ति जफत गर्ने कार्य अन्तर्राष्ट्रिय कानुनको विपरीत मात्र होइन, प्राकृतिक नियमको विरुद्ध पनि जान्छ । यो घटनाले समझदार मुलुकहरूलाई डलर त्याग्न गम्भीररूपमा विचार गर्न बाध्य पार्नेछ । कतिपयले अमेरिकी प्रतिबन्धहरू र विदेश नीतिको प्रतिक्रियामा डि–डलराइजेसनको लागि आह्वान गरिरहेका छन् भने धेरै देशहरूलाई अमेरिकी डलर छोड्ने सोच बनाउन बाध्य तुल्याइरहेको छ । एक पटक फेरि यसले बहुध्रुवीयताको तत्काल आवश्यकता पुष्टि गर्दछ ।
रुसविरुद्ध युक्रेन सम्बन्धित प्रतिबन्धका कारण युरोपेली सङ्घ, अमेरिका, जापान र क्यानडाले २०२२ मा रुसी केन्द्रीय बैङ्कको करिब ३०० अर्ब डलरको सम्पत्ति रोक्का ग¥यो । लगभग २०० बिलियन युरोपमा रहेको छ भने ठुलो मात्रामा बेल्जियम क्लियरिङ हाउसमा छ । ब्रसेल्सले हाल यी कोषहरूबाट पाएको नाफामा अप्रत्याशित नाफा कर लागु गर्ने योजनाहरूमा काम गरिरहेको छ । यद्यपि, यसले युरोजोनको आर्थिक स्थायित्वलाई कमजोर पार्न सक्ने भन्दै उक्त समूहकै धेरै मुलुक चिन्तित छन् ।
के चीनको युआन सबैभन्दा आकर्षक विकल्प हो ?
नाटकीयरूपले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ युआनको पक्षमा रहेर धेरै देशहरू अमेरिकी डलरबाट टाढा जान खोज्दै छन् । विश्वव्यापी मुद्रा बजारहरूमा डलरविरुद्ध विद्रोह भइरहेको छ । त्यसैले चिनियाँ मुद्रा युआन डलरको लागि सबैभन्दा ठुलो खतरा मानेका छन् । लगभग आठ वर्षको अवधिमा विभिन्न देशहरूले चिनियाँ युआनलाई आफ्नो विदेशी मुद्राको विविधीकरणमा समावेस गरेका छन् । विश्लेषकहरूले पछिल्लो समयमा चीनसँगको व्यापारको लागि युआनको प्रयोगमा तीव्र वृद्धि भएको बताएका छन् । युआनले विगत केही वर्षहरूमा विश्वव्यापी संस्थागत स्विफ्ट भुक्तानीहरूमा पनि बढ्दो साझेदारीको लाभ उठाएको छ ।
युक्रेन द्वन्द्वका कारण पश्चिमेली अन्तरदेशीय भुक्तानी प्रणाली स्विफ्ट (Society for Worldwide Interbank Financial Telecommunications) प्रणालीबाट रुसलाई अलग गरेपछि रुस युआनलगायतका अन्य समाधानका विकल्पहरूतिर फर्के । युआनको प्रयोगमा रूस निकै अगाडि छ । रुसलाई युरो र डलरमा कारोबार गर्न प्रतिबन्ध लगाउने पश्चिमी वित्तीय प्रणालीको कठोर हतियारको असर भोग्दै रुसले विदेशी व्यापारमा युआनको प्रयोग बढ्दो रूपमा गरिरहेको छ ।
मस्को एक्सचेन्जमा सबैभन्दा बढी कारोबार हुने मुद्रा युआन बनेको छ । सन् २०२२ को उत्तराद्र्धमा भएको पुनर्संरचनापछि युआनले अब रुसको सार्वभौम सम्पत्ति कोषमा थप प्रमुख स्थान पाएको छ । यसको उद्देश्य पश्चिमेली देशहरूको मुद्राहरूमा रूसको जोखिम कम गर्नु हो । यसैबिच धेरै प्रमुख रुसी कर्पोरेटहरूले विगत दुई वर्षमा युआन निर्धारित ऋणपत्र जारी गरेका छन् । यसले युवान व्यापारमा मात्र सीमित नरही ऋण जारी गर्नसमेत प्रयोग भएबाट युवानको बढ्दो महत्वलाई झल्काउँछ ।
चिनियाँ मुद्राको प्रयोगमा रुस एक्लै छैन । हालैका वर्षहरूमा धेरै मुलुकहरूले युआन प्रयोग गर्न थालेका छन् भने त्यसो गर्ने विचार थुप्रै देशहरूले गरिरहेका छन् । रुस र ‘ग्लोबल साउथ’ का धेरै देशहरूले डलरको बढ्दो आधिपत्यबाट आफूलाई मुक्त गर्न खोज्दा युआनको प्रमुखता बढ्दै गएको छ । UNCTAD द्वारा विश्वका देशहरूको आर्थिक वर्गीकरण ग्लोबल उत्तर अर्थात्, विकसित देशहरू र ग्लोबल साउथ अर्थात् विकासशील देशहरू देशहरूको रूपमा गरेको छ । ग्लोबल साउथअन्तर्गत ब्राजिल, भारत, पाकिस्तान, इन्डोनेसिया, नाइजेरिया, मेक्सिको र चीनलाई लिइन्छ । यसैबिच चिनियाँ राष्ट्रिय तेल कम्पनी र फ्रान्सेली ऊर्जा कम्पनीले शङ्घाई पेट्रोलियम र प्राकृतिक ग्यास एक्सचेन्जमार्फत युआनबाट तरल प्राकृतिक ग्यास व्यापार गरेका छन् ।
त्यसैगरी चीन र अर्जेन्टिनाले सन् २०१४ मा ११ अर्ब डलरको द्विपक्षीय स्वाप लाइन खोलेका थिए । स्वाप लाइन केन्द्रीय बैङ्कहरूबिच तिनीहरूको देशको मुद्रा एकअर्कासँग साट्नको लागि गरिएको सम्झौता हो । तिनीहरू हालको विनिमय दरमा अन्य केन्द्रीय बैङ्कहरूसँग व्यापार गर्न उपलब्ध मुद्राको आपूर्ति गर्छन् । बैङ्कहरूले छोटो अवधिको ऋणको लागि मात्र स्वाप लाइनहरू प्रयोग गर्छन् । यसले दुवै देशहरूलाई पूर्वनिर्धारित ब्याज दर र विनिमय दरहरूमा मुद्रा विनिमय गर्न अनुमति दिन्छ । २०२३ मा अर्जेन्टिनाले चिनियाँ आयातको भुक्तानी गर्न १.०४ बिलियन युआन प्रयोग गर्यो । विदेशी मुद्रा सञ्चिति घटेको र लगानीकर्ताहरूलाई ब्याज चुक्ता गर्न नसकेर लज्जित बनेको अर्जेन्टिनाको लागि युआन कोषमा पहुँच ठुलो राहत भएको थियो ।
अर्जेन्टिनाले आईएमएफलाई ऋण तिर्न पनि युआनको प्रयोग गरेको छ । पहिलो पटक दक्षिण अमेरिकी देशले ऋण चुक्ता गर्न चिनियाँ मुद्रा प्रयोग गर्नुले व्यापार सम्झौताभन्दा पर युआनको व्यापक प्रयोगलाई प्रतिबिम्बित गर्दछ । चीनसँगको स्वाप लाइनले अर्जेन्टिनाको केन्द्रीय बैङ्क रिजर्भको एक महत्वपूर्ण हिस्सा ओगटेको छ र ऋण चुक्ता गर्न र वित्त आयातको लागि छोटो अवधिको तरलताको महत्वपूर्ण स्रोत भएको २०२३ को आइएमएफ रिपोर्टले देखाउँछ । यद्यपि, अर्जेन्टिनाको अर्थतन्त्रमा चीनको महत्वपूर्ण सहयोगको बाबजुद नवनियुक्त राष्ट्रपति जेभियर मेलीको कारण अहिले चीन र अर्जेन्टिनाबिच तिक्तता बढेको छ ।
त्यसैगरी २०२३ मा ब्राजिलमा युआनक्लियरिङ स्थापना भयो । यसले दुई देशबिचको व्यापारमा चिनियाँ मुद्रा प्रयोग गर्न मार्ग प्रशस्त ग¥यो । चीन र ब्राजिलले मुद्रा आदानप्रदान सम्झौतामा पुगेपछि अमेरिकी डलरलाई मध्यस्थको रूपमा पूर्णरूपमा हटायो । चीनको आधिकारिक भ्रमणको क्रममा ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले विश्व व्यापारमा डलरको प्रमुख भूमिकाको आलोचना गरे । “किन हरेक देशलाई व्यापारको लागि डलरसँग जोड्नुपर्छ ? डलर विश्व मुद्रा हुनुपर्छ भनेर कसले निर्णय गर्यो ?” भनेर राष्ट्रपति लुलाले असन्तुष्टि पोखेका थिए । यसैबिच ब्राजिलको दोस्रो सबैभन्दा ठूलो सञ्चित मुद्रा युरोलाई उछिँदै युआन २०२३ को अन्त्य सम्ममा ५.३७ प्रतिशत पुग्यो ।
अर्कोतर्फ इरान पनि लामो समयदेखिे स्विफ्टका विकल्पहरू खोजिरहेको छ । चीनले सन् २०१२ मा इरानबाट युआनमा भुक्तानी गरेर केही तेल खरिद गर्न थालेको थियो । यसैबिच २०१८ मा प्रतिकात्मक रूपले इरानले आफ्नो आधिकारिक मुद्रा दर युआनसँग गरेर डलरलाई प्रतिस्थापन गर्यो ।
यसरी पछिल्लो घटनाक्रमलाई नियाल्दा डि–डलराइजेसन अभियानलाई सफल पार्न युआनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
Leave a Reply