नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
गत अक्टोबरमा इजरायली–प्यालेस्टिनी तनाव बढेर तीव्र हिंसात्मक द्वन्द्वमा परिणत भएदेखि लालसागर क्षेत्र भूराजनीतिक द्वन्द्वको उज्जन्ड थलो भएको छ । प्यालेस्टिनसँग ऐक्यबद्धता जनाउन ठुला प्रदर्शनहरू गर्दै यमनको हुथी लडाकु समूहले इजरायल वा इजरायलका बन्दरगाहतिर लाग्ने मालबाहक जहाजहरूलाई लक्षित गरी बम हान्ने कार्यलाई तीव्र पारेको छ ।
अमेरिका र बेलायतले यमनलाई लक्षित गरी हुथीको विरुद्ध १२ जनवरीदेखि १८ सम्म चौथोपटक बमबारी गरे । यही बेला जनवरी १७ मा यमनविरुद्ध ‘अमेरिका र बेलायती आक्रमण’ को जवाफमा प्यालेस्टिनी जनताको समर्थनमा एडेनको खाडीमा संयुक्त राज्य अमेरिकी जहाजमाथि एउटा क्षेप्यास्त्र आक्रमण गरेको हुथीहरूले दाबी गरे ।
हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजनबाट प्रसारित एउटा वक्तव्यमार्फत हुथीका सैन्य प्रवक्ता याहिया सारियाले भने, “यमनलाई सुरक्षा गर्नु र पीडित प्यालेस्टिनी जनताको पक्षमा निरन्तररूपमा समर्थन जनाउनु हाम्रो नैसर्गिक अधिकारभित्र परेको हुनाले हाम्रा सैन्य शक्तिहरू अरब सागर र लाल सागरमा देखापरेका धम्कीका सम्पूर्ण स्रोतहरूलाई निशाना बनाउन हिच्किच्याउने छैन ।”
सारिया अगाडि भन्छन्, “संयुक्त राज्य अमेरिका र ब्रिटेनबाट गरिएको कुनै पनि नयाँ आक्रमणको जवाफ र दण्डबिनाको हुनेछैन । प्यालेस्टिनी अधिनस्थ गाजा क्षेत्रलाई इजरायलले आक्रमण गर्ने र कब्जा गर्ने काम अन्त्य नगरेसम्म हाम्रो सैन्य कारबाही निरन्तररूपमा अगाडि बढ्नेछ ।”
जनवरी १७ मा हुथी समूहमाथि संरा अमेरिकाले ‘आतङ्ककारी’ को पगरी गुथाएको ३० दिनमा सोको औपचारिकरूपमा कार्यान्वयनमा उत्रिने भएपछि उक्त भनाइ आएको हो ।
आतङ्ककारी भनी उत्तेजना फैलाउने उक्त कार्यले गाजा क्षेत्रको स्थिरता टुट्ने मात्रै होइन, कूटनीतिक तवरले लालसागरको स्थिरतालाई व्यवस्थित गर्ने तवर तरिकालाई समेत चुनौती दिइरहेको इङ्गित गर्दछ ।
द्वन्द्व छरपस्त फैलियो
स्वेज नहर जसले लालसागर र भूमध्य सागरलाई जोड्छ, जहाँ एसिया र युरोपीय बन्दरगाहबिच विश्वव्यापी व्यापारको निम्ति व्यापारिक जहाजहरू ओहोरदोहर गर्छन्, त्यो विश्वकै महत्वपूर्ण जलमार्गको रूपमा रहेको छ ।
जहाजीय र तटीय अनुसन्धान कन्सल्टेन्सीमा क्लार्कसन्सद्वारा प्रस्तुत गरिएको तथ्याङ्कबाट उक्त नहरको महत्व कत्तिको छ भन्ने कुरा दर्साउँछ । संसारको मालबाहक जहाजहरूको सञ्चालनमा ४५ प्रतिशत क्षमता यसले ओगट्छ, अटोमोबाइल बोक्ने जहाजको ६० प्रतिशत ढुवानी यहीँबाट हुन्छ र इन्धन लाने जहाजको महत्वपूर्ण हिस्सा यसैले ओगटेको छ । उदाहरणको लागि तेलका ट्याङ्करहरूको ९ प्रतिशत यहीँबाट ढुवानी हुनेबारे उक्त कम्पनीको २०२२ को तथ्याङ्कले देखाउँछ ।
लालसागरमा भएको बढ्दो लगातारको आक्रमणकै कारण समुद्र तटवर्ती कम्पनीहरूले आफ्ना जहाजहरू उक्त जलमार्गमा वारपार गर्न छाडिसकेका छन् । गत साल १५ डिसेम्बरमा विश्वकै दोस्रो सबभन्दा ठुलो जहाजी कम्पनीको बेडा माएस्र्कले हुथीद्वारा आफ्ना दुईओटा जहाजमा आक्रमण गरेलगत्तै लालसागर र एडेनको खाडीसँग जोडिएको आसपासको क्षेत्रमा आफ्ना कारोबारहरू अनिश्चितकालीनरूपमा निलम्बन गरेको घोषणा गरे । उक्त निर्णयले एसिया युरोपका धेरैजसो जहाजी कम्पनीहरू पनि श्रृङ्खलाबद्धरूपमा प्रतिक्रिया जनाउन तानिए । जहाजी कम्पनी कन्सलटेन्सी फर्म अल्फालाइनस्का अनुसार लालसागरमा सञ्चालित संसारको करिब ८५ प्रतिशत मालबाहक जहाज कारोबारको क्षमता राख्ने लालसागर अहिले बन्द हुने अवस्थामा पुगेको छ । तिनीहरूले एसिया युरोप मार्गहरूमा पार्ने प्रभाव अझ बढी देखिने छ । त्यहाँको क्षमताको ९५ प्रतिशतभन्दा बढीलाई यसले प्रभावित पार्नेछ ।
अन्तर्राष्ट्रिय अध्ययनबारे पश्चिमी एसियाली र अफ्रिकी अध्ययनको लागि शाङ्घाई इन्स्टिच्युटमा काम गर्ने वरिष्ठ अनुसन्धानकर्ता जिन जियाङ नियाङले पेइचिङ रिभ्यूलाई भने, “हुथी समूह अरब संसारको एउटा हिस्सा नै बनिसकेको छ । तिनीहरूले प्यालेस्टिनी मुक्ति सङ्घर्षसँगको गठबन्धनलाई कसिलो बनाएका छन् । लालसागरमा इजरायली–अमेरिकी स्वार्थलाई तिनीहरूले खासगरी हान्नुको अर्थ झाँगिँदै गएको मानवीय सङ्कटलाई टार्न युद्धविराम गर्ने माग राखेर आफ्नो भावनालाई प्रतिबिम्बित गराउनु नै हो ।”
लालसागर क्षेत्रको मामिला र अन्तर्राष्ट्रिय जहाजी कारोबारमा त्यसको प्रभाव इजरायली–प्यालेस्टिनी द्वन्द्वमा आएर नै ठोकिन आउने हो । यो अवस्थाले क्रमिकरूपमा श्रृङ्खलाबद्ध तरिकाले सैन्य संलग्नता सुरुवात हुन कारकतत्व बनेको छ । यो कुरा बम प्रहार र हत्याकाण्डबाट पुष्टि हुन्छ । ३ जनवरीमा ९२ जना हताहत हुने गरी भएको बमबारीले इरानको केरमनमा भएको दुःखद घटना एउटा मर्मस्पर्शी उदाहरण हो । लेवनान–इजरायलको सीमा र इराक र सिरियामा भएको बारम्बारको हानाहानले गाजा किनारी क्षेत्रको सम्भावित द्वन्द्वको आगोमा घिउ थप्ने काम भइरहेको छ जसले गर्दा क्षेत्रीय तनावलाई निकै ठुलो परिमाणमा चर्काएको छ ।
पेचिङ रिभ्यु, जनवरी २५, २०२४
अनुवाद : विजय
Leave a Reply