जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ९ फागुन । भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिले ३५ औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवस २०८० को अवसरमा प्रवचन तथा प्रशंसा वितरण कार्यक्रम आयोजना गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद सुवालले उत्कृष्ट पथप्रदर्शकहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले एकपटक भक्तपुर घुमेर फर्केका पर्यटकहरूलाई दोहो¥याई तेह¥याई भक्तपुर आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पथप्रदर्शकहरूमा स्थानीय भाषासँगै विदेशी भाषामा दख्खल हुनुपर्ने बताउनुभयो ।
नेपालमा आन्तरिक पर्यटन विकासको अवधारणालाई अगाडि बढाइनुपर्नेमा जोड दिँदै सांसद सुवालले नेपालजस्तो विकासशील देशलाई आर्थिक समृद्धितर्फ लैजान आन्तरिक पर्यटनले उल्लेखनीय भूमिका खेल्नसक्ने धारणा राख्नुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादी नीतिले नेपाललाई आर्थिकरूपले परनिर्भर बनाइरहेको बताउँदै नेपालले आत्मनिर्भरतातर्फ जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा चीनबाट बर्सेनि लाखौँको सङ्ख्यामा चिनियाँ पर्यटकहरू भित्रिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको अर्थतन्त्र मजबुत बनाउने माध्यमको रूपमा पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
पर्यटन क्षेत्रले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै पथप्रदर्शकहरूमा स्वअनुशासन र इमानदारिता अपरिहार्य भएको बताउनुभयो ।
नेपाल पर्यटनको प्रशस्त सम्भावना भएको देश हो, पर्यटकको लागि सुरक्षा, स्वस्थकर खाना र गुणस्तरीय सेवा प्रदान गरे पर्यटकको बसाइँ लम्ब्याउन सकिने विचार उहाँले राख्नुभयो ।
एसियालाई आर्थिक केन्द्र बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक भूमिका खेल्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले देशको राज्य व्यवस्था र राजनीतिक व्यवस्था राम्रो भएमात्र देशमा शान्ति सुरक्षा कायम हुने र त्यहाँका जनताले सुख पाउने विचार राख्नुभयो ।
भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतम लासिवाले पथप्रदर्शक दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै पथप्रदर्शकहरूले देशको भूगोल, इतिहास, सम्पदाबारे अध्ययन गरी पर्यटकहरूलाई सही सूचना उपलब्ध गराउनुपर्ने बताउनुभयो । देशको सार्वभौमिकता रक्षामा पनि पथप्रदर्शकको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले पर्यटकहरूलाई सत्यतथ्य सूचना प्रवाह गर्नु पथप्रदर्शकहरूको कर्तव्य भएको चर्चा गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा स्थानीय पथप्रदर्शकहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
पर्यटक प्रहरी नायब निरीक्षक दामोदर कुइकेल अन्य ठाउँहरूको तुलनामा भक्तपुरको पर्यटन र पथप्रदर्शकहरूको कार्य व्यवस्था उत्कृष्ट रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका रामसुन्दर भेलेले पनि बोल्नुभएको थियो ।
आज सम्मानित भएका पथप्रर्दशकहरूमा टीकाप्रसाद दाहाल, रामकेशरी भैल, सुजन छुजु, विकास खड्का, अजित थापा र कृष्णकुमार थापा रहनुभएको छ ।
Leave a Reply