यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ फागुन । वागीश्वरी माविको ६५ औँ वागीश्वरी कलेजको १६ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार च्याम्हासिंह र कमलविनायक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
सरसफाइ कार्यक्रम विद्यालय र कलेजका शिक्षक विद्यार्थीहरूको उल्लेख्य सहभागितामा विद्यालय प्राङ्गण, च्याम्हासिंह पोखरी, विद्यालय तथा कलेज वरपरका सडक, पेटी, बगैँचालगायतका क्षेत्रमा सम्पन्न भएको हो । सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहित गर्न मानविकी, शिक्षा, टेक्स तथा व्यवस्थापनका विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा फागुन १० गते बिहान १० बजे कमलविनायक परिसरमा सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम हुने वागीश्वरी प्रशासनले जनाएको छ ।
Leave a Reply