यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, २० फागुन । ११४ औँ श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ घोडाघोडी नपा वडा नं. १ एकाइ समिति बेलकोटको आयोजनामा महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
नेपालका कम्युनिस्ट नामधारी अरु पार्टी समाजवादी विचारअनुसार कुनै पनि काम नगरेकाले पँुजीवादी पार्टी भएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले हरेक वर्षको मार्च ८ लाई श्रमिक महिलाहरूले संसारमा श्रमिक महिला दिवस मनाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कामदार महिलाहरूलाई शिक्षित बनाउने काममा हामी लाग्नुपर्छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष एवं केन्द्रीय सहसचिव लक्ष्मी पुनले श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै श्रमजीवी महिलाहरू राजनीतिमा सक्रिय नहुँदा पँुजीपतिवर्गले झन् दुःख दिने प्रस्ट पार्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षा समाजवादी व्यवस्थामा ग्यारेन्टी हुने बताउनुभयो ।
कार्यक्रममा कालीबहादुर शाही र रञ्जनाकुमारी सिंहले पनि बोल्नुभएको थियो ।
Leave a Reply