यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २० फागुन । काठमाडौँ थँवही (ठमेल) स्थित ऐतिहासिक भगवान वहाल विक्रमशील महाविभहारसँग सम्बन्धित कमलपोखरी पुरेर बनाइएको छायादेवी कम्प्लेक्सविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा आइतबार पेशी चढे तापनि पुनः सुनुवाइ स्थगित भएको छ । गत माघ २० गते पेशी चढी बहस सुरु भएको मुद्दाको सुनुवाइमा वादी पक्षका एक दर्जन बढी कानुन व्यवसायीहरूले बहस गरिसके तापनि अझै बहस बाँकी रहेकोले सर्वोच्चले हर्दाहेर्दैमा राखेको थियो ।
माघ २९ गते चढेको पेशीमा पनि न्यायाधीश कुमार चुडालको अनुपस्थितिका कारण स्थगित भएको थियो । फागुन २० गते पनि न्यायधीश चुडालको फागुन १७ देखिको हेर्दाहेर्दैको मुद्दा बाँकी रहेकोले पेशी स्थगित भएको जानकारी सर्वोच्च खदालत प्रशासनले जनाएको छ । सर्वोच्चले सुनवाइ चैत ६ गते हुने गरी पेशी चढेको छ ।
माननीय न्यायाधीशहरू प्रकाशकुमार राउत र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दा २०७२ सालमा सर्वोच्चले दोहो¥याइ पाउने निशा प्रदान गरेदेखि चलिरहेको छ । सार्वजनिक पोखरी मिचिएकोविरुद्ध सम्पदा संरक्षणका अभियन्ता भागवतनरसिंह प्रधान, राजवीर डंगोललगायतले फिराद दर्ता गराउनुभएको थियो ।
Leave a Reply