भर्खरै :

वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

वागीश्वरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

भक्तपुर, २५ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ वागीश्वरी एकाइ समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ‘केटीहरू’ पत्रिकाबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘महिलामा लगानी ः सम्मुन्नत समाजको थालनी’ रहेको चर्चा गर्दै महिला आन्दोलन वर्गीय आन्दोलन भएको बताउनुभयो ।
वर्गीय मुक्तिको लागि अन्तर्राष्ट्रिय महिला नेतृहरू क्लारा जेट्किन, रोजा लक्जेम्बर्ग, क्रुप्सकाया, याङ्का हुई जस्ता नेतृहरूले सङ्घर्ष गरेको उहाँले बताउनुभयो ।
समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव हुने र सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि सोभियत महिलाहरूले सम्मानपूर्वक जीवन बाच्न पाएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वमा उठिरहेको वर्गीय मुक्ति आन्दोलन र क्रान्तिलाई ओझेलमा पार्न एनजीओ, आईएनजीओमार्फत डलरको खोलो बगाइरहेको हुँदा कामदार महिला सचेत हुनु आवश्यक छ ।”
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले विश्वका स्वतन्त्रता सेनानी योद्धाहरू, सहिदहरू, क्रान्तिकारी महिलाहरूको जीवन सङ्घर्षबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामलक्ष्मी कोजूको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रअ उकेश सुवाल, शिक्षकहरू कविता प्रजापति, सीता कार्की, मैयालक्ष्मी कोजु, भगवती आचार्य, सुलोचना कुटुवा, श्रीया पहिजु, पवित्राकुमारी शाही, मुना तामाङलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *