यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बासु मा.वि.को ६१ औँ र कलेजको १५ औँ वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भयो ।
अनुशासित हुनु सफलताको एक आधार भएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले अनुशासित विद्यार्थीले हरेक क्षेत्रमा प्रगति गर्नसक्ने धारणा राख्नुभयो ।
विद्यालयको प्रगतिमा विद्यार्थी, शिक्षक र अभिभावकहरूको उत्तिकै भूमिका हुने भएकोले सबै आ–आफ्नो क्षेत्रमा त्यतिकै इमानदार हुनुपर्छ, उहाँले भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षा विकासमा योगदान गर्ने अग्रजहरूलाई सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
धनी र गरिबवर्गले लिने शिक्षामा विभेद बढ्दै गएको तर्फ सरकार बेलैमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाको विकासको लागि भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले सरकारले शैक्षिक क्षेत्रको विकास गर्ने भनी मुखले होइन व्यवहारले गरेर देखाउन सक्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विश्वमोहन जोशी, संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुई, विद्यालयका प्रअ अम्बिका न्याइच्याई, सहायक प्रअ राजकुमार ह्यौँमिखा, रविलाल प्रधान र शिक्षक रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ‘बासु बुलेटिन’ पनि विमोचन गरिएको थियो ।
विद्यालयको वार्षिक कार्यक्रमको अवसरमा आयोजित जिल्लाव्यापी प्रगतिशील नृत्य प्रतियोगितामा पारागन एकेडेमी पहिलो, ख्वप मावि दोस्रो, सन साइन इङ्गलिस स्कूल तेस्रो र गणेश मावि भार्वाचो चौथो हुन सफल भएका थिए ।
Leave a Reply