भर्खरै :

बढ्दो बसाइँसराइ नरोकिए काठमाडौँ उपत्यकामा वातावरणीय विस्फोट हुने

बढ्दो बसाइँसराइ नरोकिए काठमाडौँ उपत्यकामा वातावरणीय विस्फोट हुने

भक्तपुर, २६ फागुन । संगम बचत तथा ऋण सहकारी संस्थाको १३ औँ अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले कृषिको विकासको लागि सहकारी स्थापना गरिएको हो† अहिले सहकारी, निजी बैङ्क र वित्तीय संस्थाजस्तो निक्षेप जम्मा गर्ने र कर्जा दिनेमा सीमित भयो† सहकारीलाई जनकम्युनसम्म विकास गर्नु जरुरी छ भन्नुभयो । सहकारीका सदस्यहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘चिनियाँ जनकम्युन’ पुस्तकबारे अन्तरक्रिया गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सार्वजनिक र सरकारी सम्पत्ति निजी बनाउनेहरू अर्बपति र खर्बपति भएका छन् । नेपालमा पनि अर्बपति र खर्बपति दाबी गरेकाहरू बाँसबारी छाला जुत्ता कारखाना र बालुवाटारको ललिता निवासलगायत सार्वजनिक सरकारी जग्गा, कमलपोखरी निजी बनाउनेहरू छन् । यो स्थिति उत्पन्न हुनुमा सिंहदरबारका प्रम, मन्त्री र सचिवहरू दोषी छन् ।”
उहाँले एउटा सहरको वरिपरि खेती हुनु जरुरी छ† काठमाडौँ उपत्यकामा भइरहेको बसाइँसराइ नरोकिएमा प्रलय नै हुनेछ† काठमाडौँ उपत्यकाको उर्वर भूमिमा बाहिरबाट दिनको १० हजार टिपर ढुङ्गा, गिटी, बालुवा ल्याएर छोप्ने गरिएको प्रलयलाई निम्ता गर्नु हो भन्नुभयो ।
“सहकारी संस्थाहरूले कृषिलाई आत्मनिर्भर बनाउने र सदस्यहरू आवश्यक उपभोग्य सामानहरूको उत्पादन गर्ने, स–साना घरेलु र कुटीर उद्योगहरू सञ्चालन गर्न ढिलो गर्नुहुँदैन । भारतबाट दाल, चामल, तरकारी आयात गरी नेपाली धेरै समय बाँच्ने अवस्था छैन । भारतीय एकाधिकार पुँजीले कुनै पनि बेला नाकाबन्दी गर्नसक्छ ।” उहाँले भन्नुभयो ।
उहाँले सहकारी संस्थाहरूले सदस्यका छोराछोरीहरूलाई सुसंस्कृत बनाउने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले देशको सन्तुलित विकास नहुँदा काठमाडौँ उपत्यका विश्वकै नम्बर एकको प्रदूषित सहर भएकोमा चिन्ता व्यक्त गर्दै प्रदूषणले काठमाडौँवासीहरूमा फोक्सो, क्यान्सर र मृगौलाको बिरामी बढ्दो छ भन्नुभयो ।
कार्यक्रममा सरस्वती सिंख्वालले अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनले महिलाहरूको समान ज्याला र ८ घण्टा कामको समय निश्चित भएको बताउनुभयो ।
संस्था पूर्वअध्यक्ष रामप्रसाद सिंबजारले बचतकर्ता र ऋणको विश्वास कायम गर्नुपर्ने बताउनुभयो भने सल्लाहकार राजाराम चवालले कृषिलाई प्रथामिकता दिनुपर्ने बताउनुभयो ।
अर्का सल्लाहकार न्हुछेराम भेलेले बचत तथा ऋणबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्नुभयो भने सीताराम भ्वयद्योले सहकारी अभियानबारे चर्चा गर्नुभयो ।
समीक्षा कार्यक्रममा केपी छुस्याकी, विमल घेमोसु, बलराम नागा, सरजु फसिकव, नारायणभक्त भेले, पुण्यराज भेले र नारायणप्रसाद तमखुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *