भर्खरै :

मुनरो सिद्धान्त : दोषी साम्राज्यवादको दुई शताब्दी

मुनरो सिद्धान्त : दोषी साम्राज्यवादको दुई शताब्दी

सन् १८२३ मा यसको स्थापना भएदेखि नै मुनरो सिद्धान्त ल्याटिन अमेरिकातर्फ संयुक्त राज्य अमेरिकाको विदेश नीतिलाई मार्गदर्शन गर्ने वैचारिक अभिव्यक्ति भएको छ । यसको आन्तरिक प्रकृतिले यस क्षेत्रमा अमेरिकी विस्तार र प्रभुत्वको साधनको रूपमा काम गरेको छ ।
संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको प्रारम्भिक वर्षदेखि, मुनरो सिद्धान्त एक मार्गदर्शक सिद्धान्तको रूपमा देखाप¥यो । अङ्ग्रेज राजतन्त्रविरुद्धको युद्धपछि उत्तर अमेरिकी देशले विस्तारवादी दृष्टिकोण अपनायो । सुरुमा क्यानाडामा हस्तक्षेप ग¥यो र पछि ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा आफ्नो प्रभाव विस्तार ग¥यो ।
यही बिन्दुबाट सबै ल्याटिन अमेरिकामाथि शोषण कायम राख्नको लागि हस्तक्षेप, सैन्य विद्रोह र राजनीतिक हत्याको अन्तहीन श्रृङ्खला सुरु हुन्छ ।
मुनरो सिद्धान्त मूलतः राज्य डकैती नीतिको औपचारिक अभिव्यक्ति हो । अरू देशको सम्पत्तिको विनियोजन, यसलाई प्राप्त गर्न रगत बगाउन आवश्यक भए पनि कुनै अप्ठ्यारो मान्दैन । यी दुई शताब्दीमा, अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गर्दै र यस क्षेत्रमा अमेरिकी सर्वोच्चता सुनिश्चित गर्ने नियतले साम्राज्यवादी रणनीतिहरूको एक श्रृङ्खला जारी गर्दैै यो सिद्धान्त यो ल्याटिन अमेरिकाको स्वायत्त विकासको लागि निरन्तर बाधा बनेको छ ।
हालैका दशकहरूमा, हामीले ल्याटिन अमेरिकी र विश्वव्यापी राजनीतिमा हस्तक्षेप गर्न संयुक्त राज्य अमेरिकाले प्रयोग गर्ने तरिकाहरूमा परिवर्तनहरू देखेका छौँ । ल्याटिन अमेरिकी देशहरूमा वासिङ्टनको प्रचारले राष्ट्रिय सुरक्षाको राज्य भनिने तानाशाह राज्य आतङ्कवादको उदयपछि पहिले लोकतन्त्र र सामाजिक कल्याणको वकालत गर्ने संरा अमेरिकाले ल्याटिन अमेरिकामा प्रजातन्त्रीकरण र स्वायत्त विकासको कुनै पनि प्रयासलाई दबाउनको लागि एउटा उपकरण बनायो ।
१९९० को दशकमा ‘रङ्गीन क्रान्ति’ मा सङ्क्रमणले मोनरो सिद्धान्तको प्रयोगमा नयाँ चरणलाई चिन्हित गर्यो । यी घटनाहरू, वर्षौँअघि चिलीमा साल्भाडोर एऐन्डेको मामलाजस्तै अमेरिकी हितहरूसँग नमिल्ने सरकारहरू परिवर्तन गर्न सैन्य रणनीतिहरूसँग लोकप्रिय विद्रोहहरू संयोजन गर्दछ । यद्यपि, परम्परागत सैन्य विद्रोहको तुलनामा कम ‘चमकदार’ भए पनि, यी रङ्गीन क्रान्तिहरूले स्वतन्त्र सरकारहरूलाई पराजित गर्न समानरूपमा प्रभावकारी साबित भएका छन् ।
ल्याटिन अमेरिकाको लागि मोनरो सिद्धान्तको खतराहरूको मूल्याङ्कन गर्दा, यो स्पष्ट छ कि यसको ऐतिहासिक दृढताले यस क्षेत्रको प्रगति र स्वायत्त विकासलाई व्यवस्थितरूपमा बाधा पु¥याएको छ । तर, वैकल्पिक शक्तिका रूपमा चीन, रुस र अन्य मुलुकको उदयले नयाँ आशा जगाएको छ ।
उदाहरणको लागि लामो समयसम्म सीमितताको बाबजुद चीनले ल्याटिन अमेरिकाको लागि व्यापार र विकासको सन्दर्भमा फरक विकल्प प्रदान गरेको छ । त्यसले अमेरिकी उपनिवेशवादमा महादेशको ऐतिहासिक निर्भरताको विकल्प प्रदान गरेको छ ।
संसारमा मुनरो सिद्धान्तको अप्रत्यक्ष प्रभावको सन्दर्भमा, यसले मुक्ति, विशेषगरी समाजवादका लागि रणनीतिक विकल्पहरूलाई कसरी दबाएको छ भनेर ध्यान दिन महत्वपूर्ण छ । उदार लोकतन्त्र विचारधाराको विश्वव्यापी विस्तारले अन्य देशहरूमा अमेरिकी प्रभुत्वलाई वैधानिकता दिएको छ र प्रभावकारी वैचारिक नियन्त्रणमार्फत प्रतिरोधलाई कमजोर बनाएको छ । जनसमुदायको यो ‘लोबोटोमाइजेसन’ ले साम्राज्यवादी देशहरूको पक्षमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थालाई स्वीकार गरी टेवा दिएको छ ।
अमेरिकी हस्तक्षेपवादी र विस्तारवादी उपकरणको भविष्यलाई हेर्दा ल्याटिन अमेरिकामा सामाजिक लोकतान्त्रिक विकासको कुनै पनि प्रयासलाई नष्ट गर्ने वाशिङ्टनको दुष्प्रयासको निरन्तरता देखिन्छ । प्रतिरोध गर्ने मेक्सिको, निकारागुआ, भेनेजुयला र क्युवाजस्ता देशहरूबाहेक यस क्षेत्रमा वाशिङ्टनको नियन्त्रणको पुनःस्थापना भइरहेको देखिन्छ ।
मुनरो सिद्धान्तविरुद्धको सङ्घर्ष ल्याटिन अमेरिकामा व्यापक चेतना अभियानमा निर्भर हुनेछ, जसलाई चीन, रुस र वाशिङ्टन र यसका सहयोगीहरूको सामान्य एकपक्षीयतालाई चुनौती दिने विश्वव्यापी शक्तिका अन्य केन्द्रहरूसँगको बलियो सहयोगले समर्थन गर्दछ ।
सहयोगमा केन्द्रित अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने चीनको प्रस्ताव एकमात्र व्यवहारिक विकल्प हो । मुनरो सिद्धान्तको भविष्य यसको निरन्तरता वा विलुप्त हुनेमा निर्भर हुनेछ, साम्राज्यवाद र उदीयमान शक्तिहरूले प्रस्ताव गरेको खुलापनको नतिजामा निर्भर गर्दै यो सिद्धान्त पश्चिमी गोलाद्र्धमा सीमित छ वा विश्वव्यापी खतराको रूपमा रहन्छ कि भनेर पुष्टि गर्दछ ।
निरन्तर विकसित यस संसारमा ल्याटिन अमेरिकाले मुनरो सिद्धान्तले लगाएको ऐतिहासिक बन्धनहरूबाट आफ्नो स्वायत्त विकास र मुक्तिलाई प्रवद्र्धन गर्ने गठबन्धन र साझेदारीहरू खोज्ने र सुदृढीकरण गर्न आवश्यक छ । यस चुनौतीको सामनाका लागि यस क्षेत्रले मुनरो सिद्धान्तको छायाभन्दा पर हेर्नसक्नुपर्छ र एउटा भविष्यतर्फको बाटो खोज्नुपर्छ जहाँ आत्मनिर्णय र अन्तर्राष्ट्रिय सहयोग सदा साम्राज्यवादमाथि विजयी हुनेछ । ल्याटिन अमेरिकाले आत्मनिर्णय र अन्तर्राष्ट्रिय सहयोग प्रबल हुने भविष्यतर्फको बाटो बनाउनुपर्छ ।
– ‘टेलेसुर अङ्ग्रेजी’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *