अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दैलेख, ३० फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी आठविस नगर समितिको आयोजनामा आठविस नगरपालिका वडा नं ८ तिलेपाटामा बुधबार कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य शेरबहादुर विकले विश्वका क्रान्तिकारी महिलाहरूले आफ्नो हक र अधिकारका लागि न्यायिक सङ्घर्ष गरेको चर्चा गर्दै नेपाली दिदीबहिनीहरूले क्रान्तिकारी महिलाहरूको जीवन सङ्घर्षबाट पाठ सिक्दै वर्गीय मुक्तिको बाटोमा एकजुट हुनुपर्छ भन्नुभयो ।
नेमकिपा आठविस नगर समितिका अध्यक्ष जयबहादुर सिजापतिले शासनमा रहेका कम्युनिस्ट पार्टीहरूको चरित्र सामन्ती र पँुजीवादी चरित्रसँग मिल्दोजुल्दो भएकोले तिनीहरूबाट कामदार जनताको हितमा सकारात्मक परिवर्तन नहुने बताउनुभयो ।
कार्यक्रममा रणबहादुर कठायत, रामबहादुर बडुवाल, नवीन बडुवाल, जलु ठ्याइत र इन्द्रसरा बडुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply