भर्खरै :

अन्तरनगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन पनि जारी

अन्तरनगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन पनि जारी

भक्तपुर, फागुन ३० । भक्तपुर नपाको आयोजनामा मङ्गलबारबाट सुरू भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताअन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उपमहानगरपालिकाबिच भएको खेलमा बुटवल उपमहानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अङ्कले पराजित ग¥यो । उक्त खेलमा बुटवल उपमहानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाबिच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३–२२ पराजित ग¥यो । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भए ।
भीमदत्त नपा र बनेपाबिचको खेलमा भीमदत्तले बनेपालाई ६९–१६ अङ्कले पराजित ग¥यो । उक्त खेलमा मानमती विष्ट म्यान अफ द म्याच घोषित भए ।
काठमाडाँै महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाबिच भएको खेलमा ६५–२५ ले काठमाडौँ महानगरपालिकाले जित हासिल ग¥यो । उक्त खेलमा काठमाडौँ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भए ।
विराटनगर महानगर नपा र गोदावरी नपाबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अङ्कले पराजित ग¥यो । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भए ।
बुटवल नपा र महाकाली नपाबिचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अङ्कले पराजित ग¥यो । उक्त खेलमा बुटवल नपाका सृजना थारू म्यान अफ द म्याच घोषित भए ।
बुटवल नपा र महाकाली नपाबिचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अङ्कले पराजित ग¥यो । उक्त खेलमा बुटवल नपाका सृजना थारू म्यान अफ द म्याच घोषित भए ।
सिद्धिचरन नपा र पोखरा महानगरपालिकाबिचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अङ्कले पराजित ग¥यो । उक्त खेलमा पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भए ।
कीर्तिपुर नपा र बनेपा नपाबिचको खेलमा कीर्तिपुरले बनेपालाई ३५–३२ अङ्कले पराजित ग¥यो भने उक्त खेलमा कीर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै मेलौली नपा र कलैया नपाबिचको खेलमा मेलौली नपाले जित हासिल ग¥यो । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित गरेको उक्त खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भए ।
काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकाबिच भएको खेलमा भक्तपुरले काठमाडौँलाई ४३–२९ अङ्कले पराजित ग¥यो । उक्त खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *