भर्खरै :

चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धको उतारचढाव

चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धको उतारचढाव

१) फेब्रुअरी ७, २०१९ (२१४ औँ दिन)
मार्च १, २०१९ अर्थात् व्यापार युद्धविरामको अन्तिम दिन अगावै राष्ट्रपति सीसँग भेट्न अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा भेट्ने आफ्नो पूर्व बाचा तोडे ।
२) जनवरी ३०–३१, २०१९ (२०६–२०७ औँ दिन)
चीन–अमेरिकाबिच वासिङटनमा व्यापार वार्ता
३) जनवरी २२, २०१९ (२०१ औँ दिन)
चीनसँग वार्ता पूर्वतयारी बैठक अमेरिकाद्वारा रद्द
४) जनवरी ७–९, २०१९ (१८६–१८८ औँ दिन)
चीन – अमेरिकाबिच पेइचिङमा तीनदिने व्यापार वार्ता
५) डिसेम्बर १४, २०१८ (१६२ औँ दिन)
चीनद्वारा अस्थायीरूपमा अमेरिकी सामानमा कर कटौती र अमेरिकी भटमास खरीद गर्न सुरु
६) डिसेम्बर २, २०१८ (१५० औँ दिन)
चीन अमेरिकाबिच व्यापार विवाद नचर्काउने अस्थायी सहमति
७) नोभेम्बर १९, २०१८ (१३७ औँ दिन)
अमेरिकाद्वारा आयातमा नियन्त्रण गरिने प्रविधिको नामावली प्रकाशित
८) नोभेम्बर ९, २०१८ (१२७ औँ दिन)
संरा अमेरिका चीनबिच व्यापार वार्ता सुरु
९) अक्टोबर ३०, २०१८ (११७ औँ दिन)
थप वस्तुमा कर लगाउने अमेरिकाको तयारी र घोषणा
१०) अक्टोबर २५, २०१८ (११२ औँ दिन)
अमेरिकी तथा चिनियाँ अधिकारीहरूबिच सम्पर्क र राष्ट्रपति सी र ट्रम्पबिच भेटघाट हुने वातावरण तयार गर्न सहमत
११) सेप्टेम्बर २४, २०१८ (८१ औँ दिन)
चीन र अमेरिकाद्वारा तेस्रोपटक कर वृद्धि गरी एकले अर्कोलाई जवाफ
१२) सेप्टेम्बर २२, २०१८ (७९ औँ दिन)
चीनद्वारा संरा अमेरिकासँगको व्यापार वार्ता रद्द
१३) सेप्टेम्बर १८, २०१८ (७५ औँ दिन)
चीनद्वारा अमेरिकी सामानमा कर लगाई प्रतिवाद गर्ने घोषणा
१४) सेप्टेम्बर १७, २०१८ (७४ औँ दिन)
संरा अमेरिकाद्वारा कर वृद्धि गरिने चिनियाँ वस्तुको अन्तिम नामावली घोषणा
१५) सेप्टेम्बर १२, २०१८ (६९ औँ दिन)
संरा अमेरिकाद्वारा चीनलाई पुनः व्यापार सहमतिको लागि आह्वान
१६) सेप्टेम्बर ७, २०१८ (६४ औँ दिन)
ट्रम्पद्वारा नयाँ कर थोपर्ने धम्की
१७) अगस्ट २३, २०१८ (४९ औँ दिन)
अमेरिका र चीनद्वारा दोस्रो चरणको कर वृद्धि सुरु । चीनद्वारा विश्व व्यापार सङ्गठन (WTO) मा दोस्रोपटक उजुरी दर्ता ।
१८) अगस्ट २२–२३, २०१८ (४८–४९ औँ दिन)
अमेरिका चीनबिच वार्ता
१९) अगस्ट १४, २०१८ (४० औँ दिन)
अमेरिकाद्वारा सोलार प्यानलमा गरिएको कर वृद्धिविरुद्ध चीनद्वारा विश्व व्यापार सङ्गठन (WTO) मा उजुरी दर्ता ।
२०) अगस्ट ७, २०१८ (३३ औँ दिन)
संरा अमेरिकाद्वारा चिनियाँ वस्तुमा कर वृद्धिको दोस्रोपटक घोषणा
२१) अगस्ट ३, २०१८ (२९ औँ दिन)
चीनद्वारा अमेरिकी वस्तुमा कर वृद्धिको दोस्रो पटक घोषणा
२२) अगस्ट २, २०१८ (२८ औँ दिन)
अमेरिकाद्वारा कर वृद्धिको दायरामा हेरफेर (वृद्धि) । कर वृद्धि गरिने चिनियाँ वस्तुको तेस्रो नामावली घोषणा ।
२३) जुलाई १०, २०१८ (पाँचौँ दिन)
कर वृद्धि गरिने चिनियाँ वस्तुको नामावली अमेरिकाद्वारा घोषणा
२४) जुलाई ६, २०१८ (पहिलो दिन)
संरा अमेरिकाद्वारा १० प्रतिशतको ठाउँमा २५ प्रतिशत कर लगाइने ८१८ चिनियाँ वस्तुको पहिलो नामावली घोषणा । चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्ध सुरु । त्यसअघि जून १५, २०१८ को दिन पहिलो चरणको कर वृद्धिको पुनरावलोकन तथा घोषणा गरिएको थियो । यसअघि अमेरिकी राष्ट्रपतीय निर्वाचनको क्रममा डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत घोषणा गरेका थिए चीन न सहयोगी हो, न त साथी नै । तिनीहरू (चीन) हामीलाई पछार्न चाहन्छन् र हाम्रो देश कब्जा गर्न खोज्दै छन् ।
स्रोत : चाइना ब्रिफिङ
(CHINA BRIEFING)

Leave a Reply

Your email address will not be published. Required fields are marked *