भर्खरै :

भक्तपुरमा शिक्षा र स्वास्थ्य उपचार पहिलो प्राथमिकता

भक्तपुरमा शिक्षा र स्वास्थ्य उपचार पहिलो प्राथमिकता

भक्तपुर, १७ चैत । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षणसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भयो । नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरको नगर प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबिच सम्मुद्घाटन गर्नुभएको थियो । ।
कार्यक्रममा प्रमुख प्रजापतिले निर्वाचनको बेला स्वास्थ्यसँग सम्बन्धित जनतासँग गरेका ५ वटै प्रतिवद्धताहरू पूरा भएको चर्चा गर्दै शिक्षा र स्वास्थ्य उपचार सेवालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गर्ने क्रममा सुविधाहरू थप्दै जनताको नजिक पु¥याउने क्रममा वडा वडामा शहरी स्वाथ्य केन्द्रहरू स्थापना तथा घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेका छौँ ।”
सरकारी अस्पतालहरू स्तरीय र सुविधासम्पन्न भएमा निजी क्लिनिकहरू आफै बन्द हुने उल्लेख गर्दै प्रमुख प्रजापतिले नागरिकको स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जनताबिच हुर्केको र जनताको हितमा निरन्तर लागिरहने चर्चा गर्दै उहाँले भन्नुभयो, “समाजवादी आदर्श बमोजिम भनपाका जनप्रतिनिधिहरूले इमानदारीपूर्वक जनताको सेवा गरिरहेको छ ।”
भक्तपुर नगरपालिका ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वस्थ नागरिक उत्पादनमूलक गतिविधिमा सक्रिय हुने र समाजको आर्थिक सामाजिक परिवर्तनमा भूमिका निर्वाह गर्न सक्ने भएकोले स्वस्थ हुनु जरूरी रहेको बताउनुभयो ।
नगरपालिकाले नगरवासीको स्वस्थ सर्तकर्ता अपनाउन नियमितरूपमा स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले महिलाहरूले रोग लुकाउने बानी हटाउनुपर्ने चर्चा गर्दै समयमा परीक्षण गराएमा लामो समयसम्म स्वस्थ रहन सक्ने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. त्रिसला बसीले पाठेघरको मुखको क्सान्सरको उपचार विधिबारे जानकारी दिँदै समयमै उपचार गराएमा निको हुने प्रस्ट पार्नुभयो ।
वडा नर्स दिव्या सुवालले पापस्मेयर जाँचको तरिकाबारे जानकारी दिनुभयो ।
शिविर स्थानीय दत्तात्रय आधारभूत विद्यालयको प्राङ्णमा बिहान ८ बजेदेखि नै सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *