भर्खरै :

चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्यका तथ्यहरूको स्पष्टीकरण

चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्यका तथ्यहरूको स्पष्टीकरण

खण्ड – २

दुई देशबिचको आर्थिक सहकार्य र व्यापार अत्यन्त विशाल, अपरिहार्य, बृहत् आधारयुक्त र न्यायसङ्गतरूपमा अगाडि बढेको यथार्थ हो । थुप्रै देशको संलग्नतामा अगाडि बढिरहेको सम्बन्धमा केही भिन्नता र असामन्जस्य उत्पन्न हुनुलाई अस्वाभाविक मान्न सकिन्न । दुवै देशले व्यापक दृष्टिकोण लिन जरुरी छ । दुवैका रणनीतिक चासो र कुशलता अन्तर्राष्ट्रिय पहुँच र स्थानबारे मनन गरिनुपर्छ । समाधानका साझा आधारहरूको पहिचान गरी, व्यावहारिक र वैज्ञानिक उपायहरू अवलम्बन गरी दुईबिचका भिन्नताहरूको दूरी घटाउन र समस्या समाधानतर्फ अगाडि सर्न आवश्यक छ ।
तथापि, वर्तमान संरा अमेरिकी प्रशासनले ‘सेक्सन ३०१’ र अन्य माध्यमद्वारा चीनमाथि ‘आर्थिक आक्रमण’, ‘अन्यायपूर्ण र अनुचित व्यापार’, बौद्धिक सम्पत्ति चोरी अर्थात् ‘आइपीआर चोरी’ र ‘राष्ट्रिय पुँजीवादी’ को आक्षेप लगाएको छ । यो चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्यको वास्तविकतामाथि घोर आपत्तिजनक र विकृत आक्षेप हो । यसले चीनको सुधार तथा खुलापनबाट प्राप्त विशाल उपलब्धि, चिनियाँ जनताको समर्पण र कडा परिश्रममाथि आँखा चिम्लेको देखिन्छ । चिनियाँ जनता र सरकारमाथिको यो अनादर हो । साथै, अमेरिकी जनताको चासोमाथिको प्रतिकुल र असङ्गत प्रहार पनि हो । यसले भिन्नता र असमझदारीलाई बढावा दिन्छ वा अन्तत्वगत्वा दुवै देशको आधारभूत सरोकार र चासोहरूमाथि अपूरणीय क्षतिसिवाय केही गर्दैन ।

१) वस्तुमा व्यापारको दूरी नै मात्र चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सहकार्य मापनको भरपर्दो सूचक हुनसक्दैन ।
चीन–संरा अमेरिकी व्यापार सन्तुलनको वस्तुगत बुझाइ र मूल्याङ्कनका लागि व्यापक एवम् गहिरो अध्ययनको आवश्यकता हुन्छ, वस्तुको व्यापारमा भएको घाटामा एक नजर डुलाएर पुग्दैन । व्यापार नाफा प्राप्त गर्ने चीनको कुनै मनसाय होइन । कुल गार्हस्थ उत्पादनमा चीनको चालु खाता बचत दरको हिस्सा सन् २००७ मा ११.३ प्रतिशतबाट घटाएर सन् २०१७ मा १.३ प्रतिशत पु¥याउने पनि कुनै मनसाय थिएन । चीन र संरा अमेरिकाबिचको व्यापार असन्तुलन, अमेरिकाले तुलनात्मक शक्तिलाई आधार बनाई आर्थिक संरचना र बजारमा गरेको स्वयम् छनोटको प्राकृतिक नतिजा हो । यो समस्या समाधानको निम्ति दुवै पक्षको उत्तिकै प्रयास आवश्यक देखिन्छ ।
संरा अमेरिकाले दुईपक्षको सहकार्यबाट हासिल गरेका उपलब्धिलाई उपेक्षा गर्दै वस्तुहरूमा व्यापार असन्तुलनको एउटैमात्र मुद्दामा टेकेर चीनलाई व्यापार असन्तुलनको पक्षपातपूर्ण, अन्यायी र अव्यावहारिक लाञ्छना लगाएको सर्वविदितै छ ।
सामान्यतः चीन–संरा अमेरिकाबिचको सहकार्यले दुवै पक्षलाई सन्तुलित नाफा भइरहेको देखिन्छ । वस्तुको किनबेचमा असन्तुलनको लेखा आजको होइन । यो समयको विकाससँगै बढेको हो । सन् १९८० को दशकबाट १९९० सम्ममा संरा अमेरिकाले चीनसँगको व्यापारमार्फत अतिरिक्त बचत बढायो र चीनले सन् १९९२ बाट पुनः अतिरिक्त बचत बढाउँदै आजसम्म आइपुग्दा त्यो निरन्तर बढ्दै छ ।
माथिल्लो तहको विश्वव्यापीकरण र व्यापक फैलिएको अन्तर्राष्ट्रिय उत्पादन बजारको यो युगमा दुईपक्षीय सहकार्य वस्तुको व्यापार घेरामा सीमित रहनु हुँदैन । सेवा क्षेत्रको व्यापार स्थानीय जनताको आर्थिक गतिविधि दुईपक्षीय लगानी पनि अध्ययनका विषय हुन् । यदि वस्तुको किनबेच सेवा क्षेत्रको व्यापार बिक्रेता देशमा दुईपक्षीय लगानी, यी तीन पक्षमा पूर्ण विचार गरिए सामान्यतः दुई पक्षबिच सन्तुलित नाफा हुने निश्चित छ । यो प्रक्रियाको निरन्तरताले पछि ठुलो उपलब्धि हासिल हुनेछ (रेखाचित्र ४) । MOFCOM का अनुसार, सन् २०१७ मा संरा अमेरिकाले सेवा क्षेत्रको व्यापारमा मात्र चीनसँग करिब ५४.१ अर्ब अमेरिकी डलर बराबरको नाफा प्राप्त ग¥यो । यसले संरा अमेरिकाको सेवा क्षेत्रमा उल्लेख्य प्रतिस्पर्धी पकड रहेको दर्शाउँछ । संरा अमेरिकी आर्थिक विश्लेषण ब्युरो (US Bureau of Economic analysis – BEA) का अनुसार सन् २०१५ मा संरा अमेरिकी कम्पनीहरूले चीनमा गरेको बिक्री ४८१.४ अर्ब अमेरिकी डलर पुग्यो जबकि त्यही अवधिमा चिनियाँ कम्पनीहरूले संरा अमेरिकामा गरेको बिक्री जम्मा २५.६ अर्ब थियो । संरा अमेरिकालाई सो वर्ष ४५५.८ अर्ब अमेरिकी डलरको नाफा भएको थियो । संरा अमेरिकी कम्पनीहरूले सीमापारिका देशहरूबाट पनि अत्यधिक नाफा प्राप्त गरेको तथ्याङ्क छ ।
सन् २०१८ जूनमा एक जर्मन बहुराष्ट्रिय लगानी डोइच बैङ्क (Deutsche Bank) ले संरा अमेरिकी र उसको मुख्य व्यापार साझेदार देशहरूबिचको आर्थिक कारोबारबारे एउटा प्रतिवेदन सार्वजनिक ग¥यो । Deutsche Bank को युरोप, अमेरिका र एसिया गरी करिब ५८ ओटा देशहरूमा बलियो सञ्जाल छ । ती देशसँगको दोहोरो व्यापारले वास्तवमा संरा अमेरिकाले व्यापारिक कुल नाफा चीनको भन्दा ज्यादा आर्जन गरिरहेको प्रतिवेदनले देखायो । बहुराष्ट्रिय कम्पनीहरूद्वारा दुईपक्षीय व्यापार र आर्थिक सहकार्यमा विश्वव्यापी सञ्जाल विस्तार गरेकै कारण संरा अमेरिकाको प्रगति सम्भव भएको हो ।
Deutsche Bank का अनुसार तेस्रो मुलुकहरूले प्रदान गर्दै आएको सहयोग र लगानी रोकेपछि सन् २०१७ मा संरा अमेरिकाको कुल नाफा २०.३ अर्बमा मात्र सीमित रह्यो ।
चीन–संरा अमेरिकाबिच वस्तुको व्यापारमा बढेको खाडल संरा अमेरिकाको आर्थिक संरचना र दुई देशको तुलनात्मक शक्तिको स्वाभाविक प्रतिफल एवम् अन्तर्राष्ट्रिय श्रम विभाजनको प्राकृतिक उपज हो । यो लगातार बढिरहेको खाडल यी र यस्ता थुप्रै पक्षले गर्दा हो, चीनको मनसायको कारण होइन । केही पक्षहरूबारेको छलफल फलदायी हुनेछ –
पहिलो, यो व्यापार असमानताको कारण संरा अमेरिकाको न्यून बचत दरको स्वाभाविक प्रतिफल नै हो । राष्ट्रिय खाताहरूको दृष्टिकोणबाट हेर्दा, कुनै पनि देशको चालु खाता सन्तुलन सो देशको बचत र लगानीको सम्बन्धले निर्धारण गर्छ । संरा अमेरिका न्यून बचत र उच्च उपभोग गर्ने देश हो । लगानीभन्दा बचत न्यून हुन थालेको धेरै वर्ष बितिसकेको छ । सन् २०१८ को पहिलो चौमासिकमा, संरा अमेरिकाको राष्ट्रिय बचत दर अति न्यून अर्थात् १.८ प्रतिशत थियो । त्यहाँको घरेलु अर्थतन्त्र सन्तुलनमा ल्याउन संरा अमेरिकाले व्यापार घाटा व्यहोर्दै ठुलो मात्रामा विदेशी बचत भित्यायो । थुप्रै वर्षपछि यो नै संरा अमेरिकी व्यापार घाटाको मुख्य कारण बन्यो ।
सन् १९७१ मा नै संरा अमेरिकाले वैदेशिक व्यापारमा घाटा वृद्धि गर्न थालेको थियो । सन् २०१७ सम्ममा संरा अमेरिकाको करिब १०२ ओटा देशसँग व्यापार घाटा बढ्यो । संरा अमेरिकाको व्यापार घाटा त्यसकारण उसको आन्तरिक कारणले शृङ्खलाबद्ध ढङ्गले उत्पन्न संरचनागत र दिगो आर्थिक सवाल हो । विश्वजगत्सँगको चालु व्यापार घाटालाई हाल चीन र चीनसँग व्यापार साझेदार देशहरूमा स्थानान्तरण गरिएको छ ।
दोस्रो, यो व्यापार असन्तुलनको अर्को कारण चिनियाँ र संरा अमेरिकी उद्योगहरूको परिपूरक नतिजा एवम् तुलनात्मक शक्तिको प्रस्ट प्रतिबिम्ब हो । मिश्रित व्यापारको सन्दर्भमा अमेरिकासँग चीनको व्यापार नाफा विशेषतः श्रमप्रधान (Labour-Intensive) उत्पादन र श्रमिकले बनाएको सामानहरूबाट हुन्छ । अमेरिकासँग चीनको व्यापार घाटा हवाईविमान, एकीकृत सर्किटहरू र अटोमोबाइलजस्ता पुँजीप्रधान तथा प्रविधिप्रधान उत्पादकहरू र कृषिजन्य उत्पादनमा हुन्छ, सन् २०१७ मा कृषिजन्य उत्पादन क्षेत्रमा मात्र संरा अमेरिकासँग चीनको व्यापार घाटा १६.४ अर्ब अमेरिकी डलर बराबरको थियो । यो आँकडा कृषिजन्य उत्पादन क्षेत्रमा चीनको कुल व्यापार घाटाको ३३ प्रतिशत हो । हवाईविमानको क्षेत्रमा चीनको कुल व्यापार घाटाको ६० प्रतिशत अर्थात् १२.७५ अर्ब अमेरिकी डलरको व्यापार घाटा अमेरिकासँग छ । अटोमोबाइलको क्षेत्रमा करिब ११.७ अर्ब अमेरिकी डलरको व्यापार घाटा चीनले व्यहो¥यो । त्यसकारण, वस्तुमा व्यापारको असन्तुलन स्वयम् बजार छनोटको प्रतिफल हो । दुई देशले नै आ–आफ्नो औद्योगिक प्रतिस्पर्धी शक्तिको प्रदर्शनी स्वाभाविकरूपमा गर्छन्, गर्नुपर्छ ।
तेस्रो, यो व्यापार असमानताका अर्को कारण अन्तर्राष्ट्रिय श्रम विभाजन र बहुराष्ट्रिय कम्पनीहरूबाट उत्पादन क्षेत्र तथा स्थानको परिवर्तनको नतिजा हो । विश्वव्यापी मूल्य संरचना र अन्तर्राष्ट्रिय श्रम विभाजनले व्यापकता पाउन थालेसँगै बहुराष्ट्रिय कम्पनीहरूले वस्तुहरू तयार तथा उत्पादन गरी संरा अमेरिका र विश्व बजारमा बिक्री गर्न चीनमा उद्योगहरू स्थापना गरे । बहुराष्ट्रिय कम्पनीहरू चीनको न्यून उत्पादन लागत, उत्पादन क्षमता र पूर्वाधारको उपलब्धिप्रति कृतज्ञ छन् । चीनको भन्सारअनुसार सन् २०१७ मा संरा अमेरिकासँग चीनको व्यापारको नाफामा ५९ प्रतिशत योगदान विदेशबाट लगानी गरिएका कम्पनीहरूको अहम् योगदान छ ।
अन्तर्राष्ट्रिय औद्योगिक स्थानान्तरणको प्रक्रिया र एसिया–प्रशान्त औद्योगिक संयन्त्रमा सहभागी हुँदा धेरै हदसम्म चीनले अमेरिकासँग जापान, गणतन्त्र कोरिया र अरू पूर्वी एसियाली अर्थतन्त्रको व्यापार नाफा आफूतिर पारेको हो । संरा अमेरिकी आर्थिक विश्लेषण ब्युरो, BEA का अनुसार संरा अमेरिकाको जापान, गणतन्त्र कोरिया (दक्षिण कोरिया) र पूर्वी एसियाली अर्थतन्त्रसँगकोे व्यापार घाटा सन् १९९० मा ५३.३ प्रतिशतबाट सन् २०१७ मा ११ प्रतिशतमा झ¥यो । अमेरिकासँग चीनको व्यापार नाफा भने सोही समयावधिमा ९.४ प्रतिशतबाट ४६.३ प्रतिशतमा चढ्यो ।
चौथो, संरा अमेरिकाले चीनमा निर्यात हुने उच्च प्रविधियुक्त (High-tech) उत्पादनहरूमा नियन्त्रण गर्दाको परिणाम हो यो व्यापार असमानता । उच्च–प्रविधियुक्त सामग्रीको व्यापारमा आफ्नो विद्यमान विशाल प्रतिस्पर्धी शक्तिप्रति संरा अमेरिकालाई ठुलो दम्भ छ । अझै पनि संरा अमेरिका शीतयुद्धको मानसिकतामा छ । चीनमाथि कडा निर्यात नियन्त्रण गर्दै छ । यसरी संरा अमेरिकाको लाभमूलक निर्यातको सम्भावना साँघुरिँदै छ । अत्यन्त महत्वपूर्ण निर्यात अवसर गुमाउँदै चीनसँगको व्यापार घाटा फराकिलो बनाउँदै छ ।
अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी सहयोग (Carnegie Endowment for International Peace) द्वारा सन् २०१७ मा प्रकाशित प्रतिवेदनअनुसार यदि संरा अमेरिकाले ब्राजिललाई जति मात्र निर्यात नियन्त्रण चीनलाई खुकुलो बनाएको भए व्यापार घाटा २४ प्रतिशतले घट्थ्यो । यदि फ्रान्सलाई जति मात्र व्यापार नियन्त्रण खुकुलो गरेको खण्डमा व्यापार घाटा ३५ प्रतिशतले घट्थ्यो । अझै पनि चीनको लागि संरा अमेरिकाले उच्च प्रविधियुक्त सामग्री निर्यात गर्नसक्ने सम्भावना ठुलो छ । यदि संरा अमेरिका आफैँले ढोका नथुनेको भए व्यापार घाटा स्वाभाविकरूपले घट्ने थियो ।
पाँचौँ, संरा अमेरिकी डलर विश्वको मुख्य मुद्रा हुनुको परिणाम पनि हो यो व्यापार द्वन्द्व । दोस्रो विश्वयुद्ध पछाडि मौद्रिक व्यवस्थापनको ब्रेटन उड्स प्रणाली स्थापित हुनुको आधार पनि संरा अमेरिकी डलर नै हो । अर्कोतिर सम्पूर्ण देशसँग सेनिरेज (Seignorage) (मुद्राको मूल्य र मुद्रा उत्पादन लागतबिचको भिन्नता अर्थात् सरकारले मुद्रा छपाइबाट प्राप्त गर्ने नाफा यदि मुद्रा छपाइमा मुद्राको मूल्त्न्दा ज्यादा लागत पर्छ भने घाटा हुन्छ) लेबीका लागि संरा अमेरिकाले अस्वाभाविक विशेषाधिकार अर्थात् ‘Exorbitant Privilege’ (आफ्नो मुद्राबाट आफैँलाई हुने फाइदा) (डलरको उतारचढाव र अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको भविष्य, बेरी आइचेनग्रीन Barry Eichengreen, अक्सफोर्ड विश्वविद्यालय प्रेस) को प्रयोग ग¥यो ।
एक सय डलर मुद्रा छाप्न संरा अमेरिकालाई अत्यन्त न्यून प्रतिशत लागत लाग्छ भने अन्य देशहरूले त्यसको लागि थुप्रै वस्तु र सेवासँग विनिमय गर्नुपर्छ । संरा अमेरिकी डलर विश्वको प्रमुख मुद्रा भएको हैसियतको कारण उसले विश्वव्यापी व्यापार सन्तुलनमा सहयोग पनि प्रदान गर्न सक्दछ र विश्वलाई व्यापार घाटातर्फ डो¥याउन आप्mनो डलरको प्रवाह पनि बढाउन सक्दछ । त्यसकारण, संरा अमेरिकी व्यापार घाटा अमेरिकाकै इच्छामा निर्भर रहन्छ । व्यापार घाटाको प्रमुख जरो अन्तर्राष्ट्रिय मुद्रा प्रणाली स्वयम् पनि हो ।
यसका अतिरिक्त, चीनसँगको व्यापार घाटाको सन्दर्भमा संरा अमेरिकाद्वारा तथ्याङ्क बढाइचढाइ गरिएको भेटिन्छ । चीन र संरा अमेरिकाबिच उल्लेख्य र स्थायी प्रकृतिको तथ्याङ्कीय बेमेल एवम् विचलन भएको देखियो । सन् २०१७ मा चीनको बचत नाफा २७५.८ अर्ब अमेरिकी डलर रहेको चिनियाँ तथ्याङ्कले देखायो । सोही समयमा संरा अमेरिकी तथ्याङ्कले भने चीनको नाफा ३९५.८ अमेरिकी डलर रहेको जिकिर ग¥यो । संरा अमेरिका र चीनको तथ्याङ्कबिच १०० अर्ब अमेरिकी डलरभन्दा बढीको भिन्नता देखियो । USDOC/ MOFCOM का विज्ञहरूसहितको तथ्याङ्कीय कार्यकारी समूहले चीन र अमेरिकाको प्रत्येक वर्षको तथ्याङ्क तुलना ग¥यो । संरा अमेरिकाले हरेक वर्ष चीनसँगको व्यापार घाटा सम्प्रेषण गर्ने तरिका उक्त समूहले पत्ता लगायो ।
चीनको भन्सार र USDOC को तथ्याङ्कअनुसार दुई देशबिचको व्यापार घाटा विगत एक दशकदेखि उति नै छ । (रेखाचित्र ६) CIF (Cost Insurence and Freignt), बिक्रेताले लागत बहन गर्ने र सामानमा बीमा जोडिने तर पछि जोखिम क्रेतामै सार्ने मूल्य FOB (Free Frieght on Board) उपभोग मूल्यमा लागत जोडिएको मूल्य) मूल्यबिचको भिन्नता, व्यापार भन्सार मूल्य अभिवृद्धि (Transit trade value-added) प्रत्यक्ष व्यापार मूल्य अभिवृद्धि दर, भौगोलिक क्षेत्राधिकार र मालबाहक पानीजहाजको अवतरण ढिलाइ आदि कारणले विचलन निम्तिएको भन्न सकिन्छ ।
यदि मूल्य अभिवृद्धिद्वारा गणना गरियो भने व्यापार घाटा उल्लेख्य मात्रामा घट्नेछ । चीनको वैदेशिक व्यापार प्रक्रिया ‘ठुलो– मात्रा आयात’ र ‘ठुलो–मात्रा निर्यातमा’ आधारित छ । संरा अमेरिकाको हकमा पनि यही लागु हुन्छ । MOFCOM का अनुसार चीन–अमेरिका व्यापार असन्तुलनको ६१ प्रतिशत व्यापार तरिका या प्रक्रियाबाट मात्र आउँछ । चीनमा मूल्य अभिवृद्धि (Value-added) तरिका विभिन्न वस्तुको कुल मूल्यको अत्यन्त सानो भागमा मात्र प्रयोग गरिन्छ । हालको अवधारणा भनेकै समष्टिगत निर्यातको हिसाब/लेखाजोखा गर्नु हो ।
उत्पादनमा विश्वव्यापी दृष्टिकोण र मूल्य–अभिवृद्धि प्रणालीको अवधारणाबाट विश्वव्यापी श्रमविभाजनमा सहभागी सम्पूर्ण देशहरूको भूमिका र फाइदाबारे विश्लेषण गर्ने प्रस्तावको पक्षमा सन् २०११ मा विश्व व्यापार सङ्गठन र आर्थिक सहकार्य तथा विकासका लागि सङ्गठन (WTO /OECD, World Trade Organization/The Organization of Economic Co-operation and Development) ले वकालत ग¥यो । साथै, त्यसको लागि WIOD Database (World Input-Output tables and Underlying data) (विश्व लागत–उत्पादन तालिका र तथ्याङ्कको व्यवस्थित संरचना) पनि स्थापना गरियो । उदाहरणका लागि सन् २०१६ को परम्परागत तथ्याङ्कले संरा अमेरिकासँग चीनको नाफा २५०.७ अर्ब अमेरिकी डलर भएको देखायो । WIOD को व्यवस्थित तथ्याङ्क संरचनामा आधारित रही मूल्य–अभिवृद्धि अवधारणा अवलम्बन गरिँदा उक्त तथ्याङ्क १३९.४ अर्ब अमेरिकी डलरमा झर्छ । तसर्थ, समष्टिगत अवधारणाबाट भन्दा यसरी ४४.४ प्रतिशतले व्यापार घाटा घटेको देखाउँछ ।


स्रोत : चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *