नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
खण्ड – २
बक्स : २ – चीनले वैदेशिक लगानीका लागि बजार उपलब्धतालाई उल्लेख्यरूपमा खुकुलो छोडेको छ ।
चीनले ‘वैदेशिक लगानी उद्योगहरूको मार्गनिर्देशनका लागि बनाइएको सूचीलाई ‘२०१५ र २०१७’ मा संशोधन ग¥यो । (Catalogue for the Guidance of Foreign Investment Industries) प्रतिबन्धित मापन (Measures) ६३ थरी वस्तुमा लगाइएको प्रतिबन्धका लागि ६५ प्रतिशतले हटाइएको छ भने अहिले २८ थरी निषेधित वर्गअन्तर्गत नै छोडिएको छ । सन् २०१४ जून २८ मा चीनले पहिलो पटक ‘वैदेशिक लगानी पहँुचका लागि विशेष प्रशासनिक उपायहरू’ (Special Administrative Measures for foreign Investment Access (नकारात्मक तालिका) २०१८ प्रकाशित ग¥यो । जसले २२ थप क्षेत्रका लागि खुलापनका नयाँ उपायहरू अगाडि सा¥यो साथै प्रतिबन्धहरू ६३ ओटा बाट ४८ ओटामा झारियो ।
वैदेशिक लगानी इन्टरप्राइजेज (FIEs) को रुचिको क्षेत्रमा चीनले देखिने गरी बजार पहुँचलाई फराकिलो बनाइदिएको छ । निर्माणको क्षेत्रमा–जहाज निर्माण उद्योग, डिजाइनसहित उत्पादन तथा मर्मत सम्भार र हवाइजहाज उद्योग, ट्रङ्क एयरलाइन्स (विमान कम्पनीसहित) क्षेत्रीय जेट, साना विमान, हेलिकप्टर, ड्रोन र हावाभन्दा हलुको हवाईविमानका लागि अधिकतम वैदेशिक स्वपुँजी सीमा Foreign equity caps को व्यवस्था हटायो ।
चीनले विशेष उद्देश्यका सवारीसाधन र नयाँ ऊर्जा सवारीसाधनको निर्माणमा वैदेशिक इक्विटी (स्वपुँजी) सीमा (Foreign Equity Caps) हटाउने छ । साथै, अर्को ५ वर्षभित्रमा सवारी साधन लगानी (Auto motive venture) उद्योगहरूमा यस्तो व्यवस्था पूर्णरूपले हटाउने छ । चीनले विदेशी इक्विटी पुँजी बैङ्कहरूमा हटाएको छ भने धितोपत्र, कोष व्यवस्थापन कम्पनी, Futurest र जीवन बीमामा स्वपुँजी सीमा ५१ प्रतिशतमा पु¥याइएको छ । वित्तीय क्षेत्रमा सम्पूर्ण विदेशी इक्विटी सीमा सन् २०२१ भित्रमा हटाइनेछ ।
बजारको खुलापनले चीनमा बढी वैदेशिक लगानी आकर्षित गरेको छ । सन् २०१८ जुलाई १० मा, साङ्घाइको स्थानीय सरकार र अमेरिकी अटोमोटिभ तथा ऊर्जा कम्पनी टेस्ला (Tesla) ले सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर ग¥यो । जसले टेस्लालाई संरा अमेरिकाबाहिर साङ्घाइमा आफ्नै पहिलो विशाल कारखाना बनाउन अनुमति र स्वागत गरेको छ । वैदेशिक वित्तीय सङ्घसंस्थाहरू पनि चीनमा बजारको खोजी तथा विस्तारका लागि दिलोज्यानले बल प्रयोग गर्दै छन् । सन् २०१७ देखि चीनमा फिडेलिटी, यूबीएस् एसेट म्यानेजमेन्ट, म्यान गु्रप, फुलेरटोन, ब्ल्याक रक र स्क्रोयडर (Schroeder) जस्ता १४ वैदेशिक सङ्घसंस्थाहरू निजी धितो लगानी कोष व्यवस्थापकका रूपमा दर्ता भए । सन् २०१८ जून २९ मा विश्वकै सबैभन्दा ठुलो अमेरिकी लगानी व्यवस्थापन फर्म अर्थात् हेज (Hedge) कोष व्यवस्थापक, ब्रिड्जवाटर असोसियट्स एलपी (Bridgewater Associates LP) ले चीनमा एक निजी कोष व्यवस्थापकका रूपमा प्रवेश दर्ता पायो र औपचारिकरूपले बजारमा निजी कोष व्यवसाय सुरु ग¥यो ।
चीनको व्यापार नीति पुनरावलोकनको प्रतिवेदनमा विश्व व्यापार सङ्गठनले उल्लेख गरेको छ कि चीन वैदेशिक लगानी प्राप्तकर्ता देशहरूको शीर्षस्थानमा पर्छ र चीनमा विदेशी प्रत्यक्ष लगानी विगत धेरै वर्षदेखि निरन्तर बढिरहेको छ ।
संरा अमेरिकी प्रशासनले चीनमाथि थोपरेको उन्नत प्रविधि ‘चोरी’ को आरोप अपमानजनक छ । वैज्ञानिक र प्राविधिक विकासमा चीनको मिहिनेत र निरन्तरको प्रयासमाथिको अपमान हो यो आरोप । चिनियाँ राष्ट्र परिश्रम, बौद्धिकता, आविष्कारिता र रचनात्मकताबाट चिनिन्छ । चिनियाँ सरकारले विज्ञान, प्रविधि र शिक्षाबाट ठुलो भण्डार खडा गरेको छ । विज्ञान, प्रविधि र शिक्षामार्पmत हौसला प्रदान गर्ने रणनीति, आविष्कार तथा अनुसन्धानकेन्द्रित विकासको रणनीति र चिनियाँ जनताको अथक मिहिनेत (विशेषतः वैज्ञानिक मजदुरहरू) बाट नै चीनले विज्ञान र प्रविधिमा प्रगति गर्न सकेको हो । सन् २००० देखि चीनमा अनुसन्धान र विकास (Research and Development, R&D) मा भएको कुल खर्चको वार्षिक औसत वृद्धि दर करिब २० प्रतिशत त दर्ता नै भएको छ । सन् २०१७ मा चीनले R&D मा १७ खर्ब ६० अर्ब युआन (RMB) खर्च ग¥यो । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार यो तथ्याङ्क कुल गार्हस्थ उत्पादनको २.१३ प्रतिशत हो । यो तथ्याङ्क संरा अमेरिकापछि र आर्थिक सहकार्य एवम् विकासका लागि सङ्गठन (The organization for economic co-operation and Developent, OECD) (३६ देशहरूको सदस्यता रहेको आर्थिक सहकार्य र विकासका लागि गठित संस्था) देशहरूको औसत क्षमताको जतिकै छ ।
चीनमा उच्च शिक्षाको २६१३ ओटा सङ्घसंस्थाहरू छन् । करिब १०९०० अनुसन्धान संस्थाहरू छन् । ६२ लाख १० हजारभन्दा बढी मानिस अनुसन्धान र विकासमा संलग्न छन् । सन् २०१७, एक वर्षमा प्रत्यक्ष अनुसन्धान र विकास (R&D) मा संलग्न पूर्णकालीन व्यक्तिहरूको सङ्ख्या ४० लाख ३० हजार थिए । चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागका अनुसार जसमध्ये ७७.३ प्रतिशत इन्टरप्राइजेजमा थिए । त्यो वर्ष चीन, संरा अमेरिका र जापानपछि तेस्रो स्थानमा सूचिकृत भएको थियो । करिब ११३ चिनियाँ इन्टरप्राइजेजहरू ‘द २०१७ ग्लोबल इनोभेसन १०००’ मा सूचिक्रित गराइए । २००८ जुलाइमा विश्व बौद्धिक सम्पत्ति सङ्गठन WIPO (World Intellectual Property Organization) द्वारा जारी गरिएको ‘विश्वव्यापी आविष्कारिकता सूचाङ्क २०१८’ का अनुसार चीन सन् २०१६ मा २२ औँ श्रेणीबाट सन् २०१७ मा १७ औँ श्रेणीमा उक्लेको छ । सन् २०१७ मा चीनमा प्याटेन्ट आवेदन (Patent Application) ३६ लाख ९८ हजार पुग्यो । चीनको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार त्यसमध्ये १८ लाख ३६ हजार प्याटेन्ट स्वीकृत गरियो । चीनको आविष्कार प्याटेन्ट आवेदन १३ लाख ८२ हजार पुग्यो जुन वर्षको १४.२ प्रतिशतले बढिरहेको छ । सात वर्ष लगातार चीन विश्वकै पहिलो स्थानमा रहन सफल भएको छ । WIPO को तथ्याङ्कअनुसार सन् २०१७ मा चीनले प्याटेन्ट सहकार्य सन्धि Patent Co-operation Treaty (PCT) मार्पmत करिब ४९ हजार अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदन भ¥यो । यसरी आवेदन दिने देशमा चीन संरा अमेरिकापछि दोस्रो स्थानमा पर्छ । विश्वका प्रमुख ५० अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदकमध्ये १० चिनियाँ इन्टरप्राइजेज नै छन् ।
संरा अमेरिकी पूर्वअर्थमन्त्री (Secretary of treasury) एवम् प्रख्यात अमेरिकी अर्थशास्त्री ल्यारी समर्स (Larry Summers) ले भनेका थिए, “तपाईँ मलाई सोध्नुस्, चीनको प्राविधिक प्रगति या विकास कहाँबाट आयो ? यो बृहत् सङ्ख्या र अति परिश्रमी उद्यमीहरूबाट आयो जसले आधारभूत विज्ञानमा सरकारले गरिरहेको ठुलो लगानीबाट लाभ लिइरहेका छन् । यो उत्कृष्टता, विज्ञान र प्रविधिलाई प्रमुख प्राथमिकतामा दिइएको शिक्षा प्रणालीको उपज हो । यही प्रणालीबाट विकसित नेतृत्व हो, कुनै संरा अमेरिकी कम्पनीहरूको केही अंशबाट प्राप्त भएको होइन । (ल्यारी समर्स प्रविधिमा चीनको राज्य लगानीका प्रशंसक हुन् ।) उनी भन्छन्, “चीनलाई कहीँबाट बौद्धिक सम्पत्ति चोर्न आवश्यक छैन ।”
४. बौद्धिक सम्पत्ति अधिकार सुरक्षण खारेज गरिनु हुँदैन भन्ने विषयमा चीनले गरेको कडा मिहिनेत र प्राप्त गरेका सफलताहरू –
बौद्धिक सम्पत्तिको अधिकार (Intellectual Property Rights–IPR) सुरक्षाको सन्दर्भमा चीनको धारणा स्पष्ट र स्थिर छ । विधि निर्माण, कानुन तथा न्यायपालिकामार्फत बौद्धिक सम्पत्ति अधिकार सुरक्षालाई सबलीकरण गर्दै आएको छ र यसमा केही उल्लेख्य सफलता पनि हासिल गरेको छ । २०१६ अगाडिका संरा अमेरिकी औपचारिक प्रतिवेदनहरूले पनि IPR सुरक्षामा चीनको सफलतालाई सम्मान गरेको छ । अमेरिकी चेम्बर अफ कमर्सद्वारा प्रकाशित चीनको व्यापारिक वातावरण सर्वेक्षण प्रतिवेदनमा जनाइएको छ कि चीनमा त्यहाँको सदस्य इन्टरप्राइजेजहरूले सामना गरिरहेको मुख्य चुनौतीमध्ये IPR उल्लङ्घन थियो, जुन सन् २०११ मा ७ औँ ठुलो चुनौतीबाट सन् २०१८ मा १२ औँ स्थानमा पुगेको थियो ।
हालसालै संरा अमेरिकाले चीनको IPR सुरक्षाको सन्दर्भमा लगाएका आरोपहरू असत्य र निराधार छन् । IPR सुरक्षाको सवालमा चीनले गरेको मिहिनेत र प्राप्त गरेको सफलताप्रति संरा अमेरिकाले पूर्णतः अपमान गरेको र आँखा चिम्लेको स्पष्ट छ ।
चीनले बौद्धिक सम्पत्ति सुरक्षाका लागि थुप्रै कानुन र विनियमहरू बनाएको तथा परिष्कृत गरेको छ साथै IPR सुरक्षाको निम्ति फराकिलो मार्गचित्र कोरेको छ । चीनले छोटो समयमा पूर्ण विकसित र उच्चस्तरीय बौद्धिक सम्पत्ति सुरक्षाका लागि कानुनी रूपरेखा तयार पा¥यो । तुलनात्मकरूपमा विकसित देशहरूले यही कानुनी प्रणाली निर्माणको लागि दशकौँ या सोभन्दा बढी समय खर्चन्छन् । बौद्धिक सम्पत्ति सुरक्षण, प्रयोग र प्रशासन, बृहत्तर कानुन, योजना, नीतिहरू र नियमनकारी निकायहरूको हकमा चीन एक नेतृत्वकर्ता देशको रूपमा उदाउँदै छ । WIPO का पूर्वनिर्देशक डा. अरपाड बोग्स (Arpad Bogsh) ले भनेका थिए, “चीनले बौद्धिक सम्पत्ति सुरक्षाको हकमा यति तीव्र काम ग¥यो कि इतिहासमा कसैको गतिसँग मेल खाँदैन ।”
सन् २०१३ मा चीनले टे«डमार्क कानुन संशोधन ग¥यो । दण्डयोग्य क्षति (Punitive Damage) को प्रणाली बसाल्यो । यसअन्तर्गत क्षतिपूर्ति ५ लाख युआन RMB बाट ३० लाख पु¥याएर उल्लेखनीय ढङ्गले सुरक्षा प्रणाली बलियो बनायो । सन् २०१४ मा प्याटेन्ट कानुनको चौथो मुख्य संशोधनदेखि चीनले प्याटेन्टको सुरक्षाका लागि थुप्रै महत्वपूर्ण उपाय अवलम्बन गरेको छ । उदाहरणको लागि नियम उल्लङ्घन गर्नेलाई कडाभन्दा कडा सजाय दिने, प्रमाणको नियम परिष्कृत गर्ने, प्रशासकीय सुरक्षालाई बढावा दिने, साइबर स्पेसको सवालमा अत्यन्त राम्रो प्याटेन्ट सुरक्षाको बन्दोबस्त गर्ने आदि ।
सन् २०१७ मा चीनले अनुचित प्रतिस्पर्धाविरुद्धको कानुन ‘Anti-Unfair Competition Law’ संशोधन ग¥यो । त्यसले व्यापारिक गोप्यता, सुरक्षा, दुविधा पहिचान ऐन, सङ्केतहरूका लागि सुरक्षाको घेरा फराकिलो बनाउने, गैरकानुनी कार्यविरुद्ध कानुनी दायित्व उठाउने कार्यहरूमा सुधार ग¥यो । सन् २०१७ को अक्टोबर १ मा चीनले नागरिक कानुनको सामान्य प्रावधानहरू ‘General Provisions of the Civil Law’ अवलम्बन ग¥यो, जसले ‘नागरिक एकाइहरूबाट कानुनले निर्दिष्ट गरेअनुरूप नै बौद्धिक सम्पत्ति अधिकार प्रयोग गर्ने अधिकार सुनिश्चित ग¥यो ।’ व्यापारिक गोप्यताहरूको सुरक्षा बौद्धिक सम्पत्ति सुरक्षाको एउटा महत्वपूर्ण पक्षको रूपमा स्थापित भयो ।
बौद्धिक सम्पत्ति सुरक्षाका लागि चीनले न्यायिक सुरक्षालाई बढी महत्व दियो र सम्पूर्ण अधिकार न्यायिक सुरक्षा निकायलाई सुम्पियो । सन् २०१४ मा चीनले पेइचिङ, साङ्घाई र क्वाङचाओ गरी तीन विशेष ठाउँमा बौद्धिक सम्पत्ति न्यायाधिकरण खडा ग¥यो । यसले प्याटेन्टसँग सम्बन्धित अन्तरक्षेत्रीय बौद्धिक सम्पत्तिका मुद्दाहरू हेर्ने र सल्टाउने काम गर्दछ । सन् २००९ यता चीनले थ्यानचिङ, नानचिङ, सुचाउ, उहान, सियानलगायत अन्य सहरमा करिब १६ ओटा विशेष न्यायिक अङ्ग स्थापना ग¥यो जसले प्रभावकारी ढङ्गबाट बौद्धिक सम्पत्तिका मुद्दाहरूको व्यावसायिक व्यवस्थापन र समाधानलाई तीव्रता दियो । सन् २०१३ र २०१७ को बिचमा चिनियाँ अदालतले सबैखाले करिब ८ लाख १३ हजार ५ सय ६४ ओटा नयाँ बौद्धिक सम्पत्तिका मुद्दाहरू प्राप्त ग¥यो । त्यसमध्ये ७ लाख ८१ हजार २ सय ५७ ओटा मुद्दाहरू सल्टाइयो र निरूपण गरियो । सन् २०१७ मा चिनियाँ अदालतले पहिलो चरणमा २,१३,४८० मुद्दा प्राप्त ग¥यो र त्यसमध्ये २,०२,९७० समाधान ग¥यो । अघिल्लो वर्षभन्दा यो ४३ देखि ४६ प्रतिशतले बढेको देखिन्छ । धेरैजसो बौद्धिक सम्पत्तिका मुद्दाहरू, विशेषतः प्याटेन्ट मुद्दाहरू, अन्य देशमा भन्दा चीनमै गम्भीरतापूर्वक हेरिने गरेको पाइन्छ । चीनले चिनियाँ र इच्छुक विदेशी समूहका लागि समानरूपमा कानुनी सुरक्षा प्रदान गर्दछ । सन् २०१६ मा चिनियाँ अदालतले विदेशी संस्था र व्यक्तिसँग सम्बन्धित पहिलो चरणका करिब १६६७ ओटा मुद्दाको सुनुवाइ र बन्द ग¥यो । यो वार्षिकरूपमा २५.६ प्रतिशतले बढेको हो । (बक्स नं. ३ हेर्नुहोस् ।)
बक्स ३ – चिनियाँ अदालतमा विदेशीसँग बौद्धिक सम्पत्तिका मुद्दाहरूमा कानुनबमोजिम सुनुवाइ
चिनियाँ अदालतहरूमा छियावतान (Qiaodan) ट्रेडमार्कसम्बन्धी प्रशासनिक विवादका मुद्दाहरू, डायर (Dior) ट्रेडमार्क विवाद मुद्दाहरू र अन्य नयाँ प्रकारका प्रमुख एवम् समस्याग्रस्त मुद्दाहरू कानुनबमोजिम खुला सुनुवाइ गरिएको छ । चिनियाँ सर्वोच्च जनअदालतले विश्व बौद्धिक सम्पत्ति सङ्गठन (WIPO) का अधिकारीहरू, चीनमा रहेका विदेशी कूटनीतिज्ञहरू र सम्बन्धित पक्षहरूलाई सुनुवाइमा सहभागी हुन आमन्त्रण ग¥यो । यी सबै कार्यले चिनियाँ अदालतले चिनियाँ तथा विदेशी अधिकारवालाहरूलाई खुला र पारदर्शी ढङ्गले सबैको न्यायिक अधिकार र इच्छाहरूलाई संरक्षण गर्दै IPR को न्यायिक सुरक्षालाई सबलीकरण गर्नुका साथै आविष्कारिता र स्वस्थ प्रतिस्पर्धा हुने बजार व्यवस्थाप्रतिको प्रतिबद्धता दर्साउँछ ।
सन् २०१३ मा साङघाई मध्यवर्ती जनअदालत (Shanghai Intermediate People’s Court) मा हुवाङ मेङवेइ (Huang Mengwei) विरुद्ध इलिलिली तथा कम्पनी (Elilily and Company) र लिली चाइनाले दायर गरेको व्यापारी गोप्य दुरूपयोग मुद्दाको सुनुवाइ भयो । अदालतले प्रतिवादीलाई तत्काल अतिक्रमण कार्य रोक्न कानुनी आदेश (Interlocutory Injunction Order) जारी ग¥यो । अदालतले व्यापारिक गोप्यता दुरूपयोगमा संलग्न प्रतिवादीलाई कानुनी दायित्व व्येहोर्नुपर्ने निष्कर्ष निकाल्यो ।
वैदेशिक बौद्धिक सम्पत्ति मुद्दाहरूको पैmसला अवधि चीनमा विश्वमै सबैभन्दा छोटो छ । पेइचिङको बौद्धिक सम्पत्ति अदालतले औसतमा चार महिनाभित्र मुद्दा प्रक्रिया सकाउँछ । बौद्धिक सम्पत्ति असमझदारीहरूको कानुनी उपचार छरितो भएकै कारण चीन गैरचिनियाँ कम्पनीहरूको अत्यधिक रोजाइमा पर्दछ र पेइचिङको बौद्धिक सम्पत्ति अदालतमा आउने वादी र प्रतिवादी दुवैको ठुलो सङ्ख्या विदेशीहरूकै छ ।
बौद्धिक सम्पत्ति प्रशासनिक अधिकारीहरूले संरक्षणका उपायहरू अपनाई सक्रिय तवरले प्रवर्तनलाई तीव्रता दिएका छन् । बौद्धिक सम्पत्ति अधिकारवालाले कानुनीमात्र नभई प्रशासनिक संरक्षणसमेत पाउने दुईखम्बे संरक्षण प्रणाली चीनले अवलम्बन गरेको छ । राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालय (The State Intellectual Property Office, SIPO) ले तीव्र पुनरावलोकन, तीव्र अधिकार प्रमाणीकरण, तीव्र अधिकार संरक्षण, अधिकारको पक्षमा सहयोग पु¥याउन तथा प्रतिवेदन र गुनासो स्वीकार गर्ने १२,३३० ओटा राष्ट्रव्यापी सञ्जालको समन्वय प्रणाली स्थापना ग¥यो । प्याटेन्ट, ट्रेडमार्क र कपिराइट अधिकारीहरूले बौद्धिक सम्पत्ति अधिकार प्राप्त कर्ताहरूको कानुनी हित प्रभावकारी (Effective) संरक्षणका निम्ति सशक्त र सक्रियतापूर्वक कार्य गरे । सन् २०११ को नोभेम्बरमा राज्य परिषद्ले ‘बौद्धिक सम्पत्ति चोरी र जाली तथा कमसल सामग्रीको उत्पादन तथा बिक्री नियन्त्रण (Crack Down) का निम्ति राय’ प्रकाशित ग¥यो । २९ ओटा सरकारी विभाग संलग्न एक राष्ट्रिय नेतृत्वदायी समूह स्थापना गर्दै एक सामान्यकृत प्रणालीको सङ्केत ग¥यो । सन् २०१८ मा चीनले बजार नियमनको निम्ति ट्रेडमार्क र प्याटेन्ट प्रवर्तन (Enforcement) समूहलाई पुनः संरचनाबाट व्यापक प्रवर्तन समूहमा परिणत गर्दै राष्ट्रिय बौद्धिक सम्पत्ति कार्यालयको (SIPO) पहिचान ग¥यो ।
यस तीव्र बौद्धिक सम्पत्ति संरक्षणले विदेशी व्यवसायीहरूलाई चीनमा नवीन खोजको निम्ति प्रभावकारी प्रत्याभूति प्रदान ग¥यो । नवीन खोजको प्याटेन्ट दर्ता सन् २०१२ मा ११७,४६४ बाट सन् २०१७ मा १३५,८८५ पुग्यो । सन् २०१३ मा ९५,००० मात्र भएको विदेशी ट्रेडमार्क रजिस्ट्रेसन आवेदन सन् २०१७ मा बढेर १४२,००० पुग्यो । सोही अवधिमा ट्रेडमार्क विस्तारको आवेदन १४,००० बाट २०,००० पुग्यो । पिटरसन इन्स्टिच्युटका अनुसार चीनको बौद्धिक सम्पत्ति संरक्षणमा सुधार हुँदै छ । लाइसेन्सका निम्ति शुल्क र विदेशी प्रविधि प्रयोगमा बुझाउने रोयल्टी बितेको दशकमा चार गुणाले वृद्धि भयो । सन् २०१७ मा यो रकम २८.६ अर्ब अमेरिकी डलर पुग्यो । जुन संसारकै चौथो बढी हो । वास्तवमा आफ्नो सिमानाभित्र प्रविधिका निम्ति लाइसेन्स शुल्क तिर्ने देशहरूमा चीन संसारकै दोस्रो स्थानमा पर्छ ।
चीनमा भइरहेको प्रभावकारी बौद्धिक सम्पत्ति संरक्षणले संरा अमेरिकी व्यापारमा ठुलो फाइदा प्राप्त भइरहेको छ । संरा अमेरिकी वाणिज्य विभागको आर्थिक विश्लेषण निकायका अनुसार सन् २०१६ मा चीनले लाइसेन्सको शुल्कबापत संरा अमेरिकालाई ७.९६ अर्ब अमेरिकी डलर भुक्तानी ग¥यो । चीनको राष्ट्रिय कपिराइट प्रशासन, वाणिज्य मन्त्रालय र बजार नियमन राष्ट्रिय प्रशासनका अनुसार सन् २०१२ देखि २०१६ सम्ममा चीनले २८,००० कपिराइट संरा अमेरिकाबाट आयात ग¥यो । ट्रेडमार्कका सम्बन्धमा, सन् २००२ बाट २०१६ सम्ममा संरा अमेरिकाले ५८,००० ट्रेडमार्क चीनमा स्थानान्तरणको लागि निवेदन दिएको थियो जुन सम्पूर्ण स्थानान्तरणको ४.५४ प्रतिशत हो । संस्कृतिको हकमा प्रेस, प्रकाशन, रेडियो, चलचित्र र टीभीसम्बन्धी राष्ट्रिय प्रशासनका अनुसार सन् २०१७ मा चीनले अमेरिकाबाट ६५ करोड अमेरिकी डलरमा ३१ ओटा चलचित्र आयात ग¥यो ।
बौद्धिक सम्पत्ति संरक्षणमा चीनको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले पहिचान गरेको छ । सन् २०११ मा चीनको भन्सार विश्व नक्कली सामानविरोधी (Anti Counterfeit) सञ्जालको राष्ट्रिय सार्वजनिक अङ्क पुरस्कार विजेता बन्यो । सन् २०१२ मा जन सुरक्षा मन्त्रालयअन्तर्गतको आर्थिक अनुसन्धान व्युरोले चोरीविरुद्ध प्रवर्तनमा चीनले प्रशंसायोग्य योगदानको लागि पुरस्कार प्राप्त ग¥यो । सन् २०११ मे ९ का दिन संरा अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले बौद्धिक सम्पत्ति संरक्षणमा चीनले राम्रो प्रगति गरेको उल्लेख गरे । संरा अमेरिका चीनलगायत अन्य मुलुकमा दुवै पक्षको हितमा हुने गरी उच्च प्रविधि उत्पादन निर्यात गर्न इच्छुक थियो । सन् २०१८ फेब्रुअरीमा, Global Intellectual Property Center, GIPC विश्व बौद्धिक सम्पत्ति सभाले ‘अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति सूची २०१८’ प्रतिवेदन सार्वजनिक ग¥यो । यस प्रतिवेदनअनुसार ४० सूचाङ्कको आधारमा ५० अर्थतन्त्रको राष्ट्रिय बौद्धिक सम्पत्ति वातावरणबारेको सर्वेक्षणमा पनि चीन २०१७ को तुलनामा २ स्थान माथि उक्लेर २५ औँ स्थानमा पुग्यो ।
५. चिनियाँ व्यवसायलाई विश्वव्यापी बन्न चिनियाँ सरकारको प्रोत्साहनलाई अत्याधुनिक प्रविधिका लागि व्यावसायिक विलय र अधिग्रहण (Merger and Acquisition, M&A) मार्फत प्राप्त गर्ने सरकारी प्रयास भनी बङ्ग्याउन नहुने
चिनियाँ सरकार आफ्नो व्यवसायलाई विश्वव्यापी बनाउन र अन्तर्राष्ट्रिय आर्थिक आदान–प्रदान तथा सहकार्यका लागि प्रोत्साहन गर्न विश्व व्यापार सङ्गठनप्रति इमानदार छ । चिनियाँ कम्पनीहरू बलियो हुँदै गएसँगै र स्रोत निर्धारण तथा बजार विस्तारको आवश्यकता बढेसँगै ठुलो सङ्ख्यामा कम्पनीहरूले आफ्नै अगुवाइमा विदेशमा व्यवसाय विस्तार गरेका छन् । आर्थिक विश्वव्यापीकरणको पदचिह्नमा विश्वका अन्य मुलुक र क्षेत्रले जस्तै चीन सरकारले पनि आफ्ना सक्षम तथा प्रतिस्पर्धी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा बाह्य लगानी गर्न र कार्य गर्न साथ दिएको छ एवम् सम्बन्धित मुलुकका नियम साथै अन्तर्राष्ट्रिय नियमहरू तथा कानुन पालना गर्न लगाएको छ । सरकारले यस्ता बाह्य लगानी तथा सहकार्यका लागि सुविधा हुने सेवामात्र उपलब्ध गर्छ । व्यावसायिक M&A मार्फत अत्याधुनिक प्रविधि प्राप्त गर्ने चीन सरकारको मनसाय भनी संरा अमेरिकाले निकालेको निष्कर्ष हचुवा र आधारहीन छ । वास्तवमा संरा अमेरिकामा प्रविधि प्राप्तिको निम्ति चिनियाँ लगानीको अंश निकै सानो छ । अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका अनुसार सन् २००५ देखि २०१७ सम्ममा चीनको २३२ प्रत्यक्ष लगानीमध्ये १७ ओटामा मात्र ठुला र अत्याधुनिक प्रविधिसँग संलग्न छन्, बाँकीमध्ये धेरै घरजग्गा, वाणिज्य तथा सेवा क्षेत्रमा छ ।
६. चीनको आर्थिक अनुदान नीति विश्व व्यापार सङ्गठनका नियमअनुरूप छन् र यो नीतिमाथि आक्रमण हुनु हुँदैन
चीनले विश्व व्यापार सङ्गठनको आर्थिक अनुदान नीति दृढतापूर्वक अवलम्बन गरेको छ । बजार असफलता र असन्तुलित आर्थिक विकासलाई सम्बोधन गर्ने एक उपायको रूपमा संरा अमेरिकालगायत धेरै मुलुक तथा क्षेत्रहरूले आर्थिक सहायतालाई व्यापकरूपमा उपयोग गरेका छन् । विश्व व्यापार सङ्गठनमा सहभागी भएसँगै चीन सक्रियतापूर्वक आन्तरिक नीतिहरूको पालना गर्न सुधारको दिशामा अगाडि बढ्दै छ र ‘विश्व व्यापार सङ्गठनको आर्थिक सहायता तथा प्रतिवादका उपायहरूबारे सम्झौता’ अन्तर्गतका बुँदाहरूलाई निरन्तर सम्मान गर्छ ।
विश्व व्यापार सङ्गठनको आर्थिक सहायतासम्बन्धी नियमहरूलाई चीन पारदर्शी ढङ्गले कार्यान्वयन गर्छ । सोहीअनुरूप चीनले आफ्नो आन्तरिक कानुन, नियमावली र उपायहरू पुनरावलोकन, समायोजन तथा कार्यान्वयन गरेको विवरण विश्व व्यापार सङ्गठनलाई निरन्तर सूचित ग¥यो । सन् २०१८ को जनवरीसम्ममा चीनले हजाराँै सूचनाहरू बुझायो । यसमा केन्द्रीय तथा उपराष्ट्रिय आर्थिक सहायता नीतिहरू, कृषि तथा प्राविधिक नियमावलीहरू, मापदण्ड र बौद्धिक सम्पत्ति कानुन तथा नियम आदि क्षेत्रहरू समावेश छन् । सन् २०१६ जुलाईमा सम्बन्धित नियमबमोजिम चीन सरकारले सन् २००१ देखि २०१४ सम्मका उप–राष्ट्रिय नीतिहरू विश्व व्यापार सङ्गठनलाई सूचित ग¥यो । यसमा १९ प्रान्त र ३ नगरपालिकासहित स्वतन्त्र योजना प्राधिकरणका १०० आर्थिक सहायता नीति समावेश छन् । सन् २०१५ र २०१६ बिचका प्रान्तीय तहका प्रशासनिक क्षेत्रसहित पहिलोपटक केन्द्रीय र उपराष्ट्रिय आर्थिक सहायताका नीतिहरूबारे चीनले सन् २०१८ को जुलाईमा विश्व व्यापार सङ्गठनलाई सूचित ग¥यो ।
चीनले व्यवसायहरूका लागि समथर खेलमैदान निर्माण ग¥यो । पछिल्ला वर्षहरूमा चीन सरकारले औद्योगिक नीतिहरू परिवर्तनका लागि प्रतिबद्धता जनाएको छ । सन् २०१६ जूनमा राष्ट्रिय परिषद्ले ‘बजार प्रणाली निर्माणको निम्ति निष्पक्ष प्रतियोगितात्मक परीक्षा प्रणाली स्थापनाका सम्बन्धमा विचार’ सार्वजनिक ग¥यो । यसले विधिमा आधारित सरकारी कार्यको सुनिश्चितता प्रदान गर्न प्रतिस्पर्धालाई निषेध वा बाधा पु¥याउने हालका नियमहरू तथा अभ्यासलाई समाप्त गर्ने कार्य ग¥यो । सन् २०१७ जनवरीमा राष्ट्रिय परिषद्ले ‘खुलापनलाई थप प्रोत्साहन तथा विदेशी लगानीको सक्रिय उपयोगसम्बन्धी कैयाँै उपायहरूका बारे निर्देशन (Circular)’ सार्वजनिक ग¥यो ।
बक्स –४ : चिनियाँ कृषि सहयोग नीतिहरूको सुधार
सन् २०१४ देखि २०१६ को बिचमा गरिएको नमुना (Pilot) सुधारका आधारमा सन् २०१७ मार्चमा राष्ट्रिय विकास तथा सुधार आयोग (NDRC) र वाणिज्य मन्त्रालयले ‘कपासको लक्षित मूल्यको उपयुक्त सुधार’ बारे सूचना जारी ग¥यो । यसले सिन्चियाङ (Xinjian) को कपासको लक्षित मूल्यबारे अनुदान नीतिलाई पुनरावलोकन ग¥यो र लक्षित मूल्यमा दिइने सहायताको परिमाणमा मूल्यसीमा तोक्यो । मूल्य निर्धारणको लक्षित अवधि एक वर्षमा एक पटक भएकोलाई परिमार्जन गर्दै तीन वर्षमा एकपटक पु¥यायो । यसरी कपासमा अनुदान विश्व व्यापार सङ्गठनको निलो बाकस उपाय (Blue Box Measure) अनुरूप बन्यो ।
चीनले अहिले पनि धान र गहुँमा न्यूनतम खरिद मूल्य नीति अवलम्बन गरेको भए तापनि पछिल्ला वर्षहरूमा न्यूनतम मूल्य लगातार घटाउँदै लगेको छ । सोही समयमा चीन सरकारले आर्थिक भुक्तानी अनुदानलाई सुधार ग¥यो र हरित पर्यावरणमा जोड दियो । सन् २०१५ को मेमा वाणिज्य मन्त्रालय र कृषि मन्त्रालयले ‘तीन प्रकारका कृषिजन्य अनुदान नीतिको समायोजन तथा सुधारका लागि मार्गनिर्देशक विचार’ जारी गरे । ८० प्रतिशत कृषि निवेश (Input) मा सीधा अनुदान र सुधारिएका विभिन्न अनुदान प्रयोग गरी कृषि जमिन संरक्षण गरिएको छ । बाँकी २० प्रतिशत कृषि निवेश र ठुला सङ्ख्याको प्रत्यक्ष कृषक अनुदान तथा ती अनुदानहरूमा वृद्धिले कृषि ऋण प्रत्याभूति प्रणालीको स्थापना र सुधारका लागि विशेष एवम् प्रमुख भूमिका खेल्ने निश्चित छ ।
यसमा विदेशी लगानी नीतिको परिभाषामा निष्पक्ष प्रतिस्पर्धाको समीक्षा गर्न आवश्यक अधिकारहरूको सम्बन्धमा उल्लेख छ । सन् २०१८ जूनमा राष्ट्रिय परिषद्ले ‘गुणस्तरीय आर्थिक विकास प्रवर्तनका लागि विदेशी लगानीको सक्रिय तथा प्रभावकारी उपयोगसम्बन्धी निश्चित उपायहरूबारे निर्देशन’ जारी ग¥यो । यसको उद्देश्य ‘नकारात्मक सूची’ का आधारमा पूर्व स्थापित प्रणालीको पूर्ण राष्ट्रिय व्यवहार गर्ने र यस सूची बाहिरका क्षेत्रमा विदेशी लगानी प्रवेशमा रहेका प्रतिबन्धहरू फुकुवा गर्ने रहेको छ । निर्देशनका अनुसार विदेशी लगानीकर्ताहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने, चीनले विदेशी लगानीकर्ता उद्यमीहरूको गुनासो दर्ता गर्न अन्तरविभागीय संयुक्त बैठक प्रणालीलाई सुधार गरेको छ । मुलुकभरि विदेशी लगानीकर्ता, उद्यमीहरूको गुनासो प्रणाली स्थापना तथा विकास गरेको छ । जसको उद्देश्य विदेशी लगानीकर्ता उद्यमीहरूमाथि कुनै अनुचित व्यवहार भएको भए छिटो छरितो समाधान गर्नु, कानुनी अन्तरक्षेत्रीय क्रियाकलापहरूमाथि हुनसक्ने निषेध रोक्नु, विदेशी लगानीकर्ता उद्यमीहरूको स्थानान्तरण वा पलायनबाट रोक्नु हो ।
चीनको कृषि उद्योग बजारकेन्द्रित हुँदै गएको छ । सन् २०१५ मा राष्ट्रिय विकास तथा सुधार आयोग (National Development and Reform Commission, NDRC) ले सुर्तीको पातमा नियन्त्रण मूल्य निर्धारणको अन्त्य भएको सङ्केत ग¥यो । सन् २००४ यता बजार निर्धारण मूल्य र स्वतन्त्र प्रणालीका आधारमा चिनियाँ सरकारले किसानको आधारभूत (जीवनस्तर) गुजारा प्रत्याभूति (बढी वितरण वा मूल्य गिरावटजस्ता कठोर अवस्थाको व्यवस्थापनका निम्ति) दिन र चिनियाँ सरकार आफैँले खरिद गर्ने प्रणाली अपनाएको थियो । पछिल्ला वर्षहरूमा चीन सरकारले खरिद प्रणाली सुधारका निम्ति महत्वपूर्ण कदम चाल्दै बजारमा आधारित मूल्य निर्धारण प्रणाली लागु ग¥यो ।
The Facts and China’s Position on China- US Trade Friction
September 2018
अनुवाद : हौसला
Leave a Reply