भर्खरै :

महिलाहरू शारीरिक तथा मानसिकरूपमा पनि स्वस्थ हुनुपर्ने

महिलाहरू शारीरिक तथा मानसिकरूपमा पनि स्वस्थ हुनुपर्ने

भक्तपुर, २३ चैत । भक्तपुर नगरपालिका ८ नं. वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडाव्यापी महिला टग अफ वार (डोरी तान्ने) प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सृजना सैँजुले स्वस्थ नागरिकले मात्र समाजमा बढी योगदान दिन सक्ने धारणा राख्दै महिलाहरू शारीरिकमा पनि स्वस्थ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छ भन्ने धारणा गलत हो । शारीरिकरूपमा बलियो र निरोगी हुन महिलाहरूले पनि नियमित रूपमा शारीरिक रूपमा व्यायाम गर्ने गर्नुपर्छ ।”
समाजमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको विज्ञहरूको तथ्याङ्क रहेको चर्चा गर्दै उहाँले शारीरिक तथा मानसिकरूपमा पनि स्वस्थ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा ८ नं. वडाका वडा अध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामसंघ ८ वडाका सदस्य एवं पूर्वमहिला वडा सदस्य पञ्चलक्ष्मी दुवाल, वडा सदस्य सुमित्रा बोहजुले महिलाहरूको लागि खेलकुद गतिविधिको आवश्यकताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *