भर्खरै :

प्रचण्डको चितवन र विदेशी सहायता आफ्नो भन्ने निर्लज्जता

‘चितवनको विकासमा कुनै कसर बाँकी राख्दिनँ : प्रचण्ड’ (गोरखापत्र, २०७४, १२ मंसिर) । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने यस अभिव्यक्तिप्रति मेरो ध्यानआकर्षण भएको छ । नेपालको शासनसत्तामा २ पटक प्रधानमन्त्री भइसकेका व्यक्तिको उक्त भनाइ, १० वर्षसम्म जनयुद्ध गरी आएको पार्टी अध्यक्षको यो भनाइले ‘प्रचण्ड हतियार बिसाएका योद्धा’ सावित भएको छ । चुनावी सभामा सम्बोधन गर्दै का. प्रचण्डले आफूले चुनाव जितेपछि चितवनको विकास गर्नको निम्ति आफूले त्यहाँको समस्या समाधान गर्न ‘वाम गठबन्धन’ सँग सल्लाह गरेको विचार पनि प्रस्तुत गर्नुभएको छ । साथै उहाँले चितवनको माडीवासीलाई जड्डली जनवरले दुःख दिने गरेको हुँदा आफूले त्यसका लागि चुरेलाई घेर्ने गरी रिङरोड बनाइदिने प्रतिबद्धता जाहेर गर्नुभएको छ । आफूलाई राष्ट्रिय पार्टीको नेता मान्ने, तर आफ्नो सोच भने चितवन जिल्लाको विकासमा केन्द्रित राख्ने उहाँको पूर्वाग्रही सोचप्रति जनताको आक्रोश हुनु स्वाभाविक हो ।

सरकारी स्तरबाट सञ्चालित यस पत्रिकामा पनि ठूला दलका नेताहरूको ‘चुनावी कार्यक्रम’ बारे हाइलाइट गरिंदा यो पत्रिका पनि कुनै दलविशेषबाट सञ्चालन भएको जस्तो पाठकले मनन गरेका छन् । एक साइडमा देउवा, अर्कोमा केपी ओली र प्रचण्डको समाचारलाई प्राथमिकता दिएर समाचार छापिंदा यो पत्रिका पनि तटस्थ रहन नसकेको पाठकको गुनासो छ ।

देशको समग्र विकास र समृद्धिमा ध्यान पु-याउनुपर्ने पूर्वप्रधानमन्त्रीज्यूले आफ्नो जिल्लाको विकास गर्ने सपना बाँडेर हिंड्नु कतिको मनासिब छ, त्यो जनताले मूल्याड्ढन गर्दै जानेछ । चुनावमा जित्नको लागि यो गर्छु, त्यो गर्छु भनी भाषण दिन सजिलो होला, केही रकम बाँडेर चुनावमा आफ्नो मत संख्या बढाउन कठिन नहोला, तर जनताको विश्वासको मत जितेर, जनताको सेवा गर्ने उद्देश्यले काम गर्न अब यी ठूला पार्टीहरूलाई चुनौतीको विषय हुनेछ । माओ त्से तुङ विचारबाट अभिप्रेरित ‘माओवादी’ पार्टीका अध्यक्षको सोचाइ एउटा स्थानीय विकास अधिकारी, जिल्ला विकास समितिले सोच्ने स्तरको छ भने उहाँका शिक्षित पार्टी कार्यकर्ताहरूको स्तरबारे अनुमान गर्न सजिलो बनाइदिनुभएको छ । देशको आर्थिक समृद्धि, सन्तुलित विकास, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, उद्योग–कलकारखानाको स्थापना र देशलाई आत्मनिर्भतातिर अग्रसर गराउनुपर्ने व्यक्तिहरू यति सानो सानो कुरामा अल्झेर देश कतातिर जाने होला भनी जनता चिन्तित बनेका छन् । दलहरू व्यवस्थित रुपमा नचल्दा नेतृत्व विकासको कुरा त के, दलका कार्यकर्तामा नैतिकता र क्षमताको विकासमा समेत बाधा पुगेको छ ।

चुनावको समयमा यसरी ठूला दलको प्रचारमा लाग्ने पत्रिकाको उद्देश्य पनि पूँजीवादी सोचसँगै मेल खान्छ भन्दा फरक परेन । जनताको पत्रिकाले सत्यतथ्य समाचार प्रकाशन गरी सबै पार्टीको प्रतिनिधित्व हुने गरी सन्देशमूलक लेख–समाचार प्रकाशन गर्नु पत्रकारिताको धर्म हो ।

यसै सन्दर्भमा अर्को प्रसड्ड पनि जोड्नु मनासिब लाग्यो । भूकम्पको समयमा कुनै (गैर–सरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) को सहायताबाट जनतालाई दिइएको राहतको रकम कुनै पार्टीले दिएको भनी प्रचार गर्न पनि ठूला दलका नेता/कार्यकर्ताको अग्रसरता हाँसोउठ्दो छ । स्थानीय जनतालाई त्यो त्रिपाल वा त्यो रकम कहाँबाट आएको मतलब छैन, तर पार्टीका नेता कार्यकर्ताले भूकम्प पीडितलाई दिएको रकम आफ्नै गोजीबाट झिकेर दिएको सरह प्रचार गर्नु कति उचित हो, मननीय विषय हो ।
भूकम्प गएको लगभग २ वर्ष बितिसकेको छ । यहाँका संरचनाहरू पुनःनिर्माण नहुनुमा सरकार स्वयम् जिम्मेवार हो भन्ने जनताले बुझेका छन् । प्राकृतिक स्रोतसाधनमा धनी देश नेपालमा काठको अभाव भएको खबर अखबारमा आउँछन् । बजारमा काठको अभावले गर्दा सम्पदा पुननिर्माण प्रभावित भएको, पुननिर्माण भइरहेका सम्पदाको काम काठको अभावले गर्दा रोक्नुपरेको पनि हामी सुन्छौं । यथार्थ के हो भने निजी व्यापारीसँग काठ किन्ने हो भने जति पनि पाइने, सरकारी मूल्यमा काठ किन्नुपर्यो भने जहिल्यै अभाव हुने यथार्थ हामीमाझ छ । भूकम्प पीडितलाई सरकारले सस्तोमा काठ उपलब्ध गराउन सकेको भए जनताका घरहरू ठडिसक्थे । चिसोमा कठ्याङ्ग्रिएर पालमुनि कष्टकर जीवन बाच्न पर्ने थिएनन् । सरकारको यसतर्फ ध्यानाकर्षण होस् भन्ने नेपाली जनताको आवाज हो । तर शासक दलका नेताहरुसमक्ष पीडित जनताको आवाज नपुग्नु स्वाभाविक हो ।
वि.सं. १९५८ देखि निरन्तर प्रकाशनमा आइरहेको गणतन्त्र नेपालको बहुभाषी राष्ट्रिय दैनिक नारा दिइएको ‘गोरखापत्र’ दैनिक पढेर नेपाली जनताले देशको परिस्थिति, राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार हुन्छन् । तर आजकाल सञ्चारमाध्यममा प्रतिस्पर्धी पत्रपत्रिकाहरू धेरै प्रकाशित भइसकेको हुँदा ‘गोरखापत्र’ पढ्ने पुस्ता भने झन् घट्दै गएको भान हुन्छ । सरकारी स्तरबाट सञ्चालित यस पत्रिकामा पनि ठूला दलका नेताहरूको ‘चुनावी कार्यक्रम’ बारे हाइलाइट गरिंदा यो पत्रिका पनि कुनै दलविशेषबाट सञ्चालन भएको जस्तो पाठकले मनन गरेका छन् । एक साइडमा देउवा, अर्कोमा केपी ओली र प्रचण्डको समाचारलाई प्राथमिकता दिएर समाचार छापिंदा यो पत्रिका पनि तटस्थ रहन नसकेको पाठकको गुनासो छ । चुनावको समयमा यसरी ठूला दलको प्रचारमा लाग्ने पत्रिकाको उद्देश्य पनि पूँजीवादी सोचसँगै मेल खान्छ भन्दा फरक परेन । जनताको पत्रिकाले सत्यतथ्य समाचार प्रकाशन गरी सबै पार्टीको प्रतिनिधित्व हुने गरी सन्देशमूलक लेख–समाचार प्रकाशन गर्नु पत्रकारिताको धर्म हो ।

हसिना प्रजापति

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *