शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने
- पुष २८, २०८१
काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेकाका सांसद एवं सचेतक सुशिला थिङले सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया कम्पनीको नाममा गृहमन्त्री रवि लामिछानेले लिएको एक अर्ब रूपैयाँ ऋण लिएको र सहकारीका लाखौँ पीडितहरू सडकमा आवाज उठाइरहेको उल्लेख गर्दै पीडक लामिछानेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।
नेकाको मङ्गलबार बसेको संसदीय दलको बैठकमा गृहमन्त्री लामिछाने सहकारी रकम अपचलनमा परेको हुँदा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय भएको उल्लेख गर्दै सांसद थिङले प्रमुख विपक्षी नेकाको यो आवाजलाई बेवास्ता गर्ने सरकार नै दोषी हुने औँल्याउनुभयो ।
सभामुख देवराज घिमिरेले रास्वपाको मनिष झालाई बोल्न समय दिएपछि नेकाका सबै सांसदहरू उठेर टेबुल ठटाउँदै बैठक अवरोधमा लागे ।
नेकाको बैठक अवरोधमै सांसद झाले ‘प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत पृष्ठ नं. १२ मा’ बोल्नेबित्तिकै सभामुख घिमिरेले संसद अवरोध हुँदा देश र जनताको विषयमा छलफल हुन नसकेको उल्लेख गर्दै संसदको नियमित प्रक्रिया अगाडि बढाउन वातावरण तयारीको लागि नेकालाई आग्रह गर्नुभयो ।
प्रमुख विपक्षी नेकासँगै सत्तापक्ष एमाले र माओवादीका सांसदहरू पनि आ–आफ्नो स्थानमा उठ्नुभयो ।
एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले सभामुखबाट बोल्ने अनुमति नपाए पनि विनामाइक संसद् प्रमुख विपक्षी नेकाको मात्र नभएको सत्ता पक्षको पनि भएको उल्लेख गर्नुभयो ।
विपक्षी लोसपा (महन्थ ठाकुर) र जनमत (सीके राउट) का सांसदहरू पनि आ–आफ्नो स्थानमा उठ्नुभयो ।
नेकाका सांसदहरूले पनि छानबिन समिति गठन हुनुपर्ने भनी बोलिरहनुभयो ।
सभामुख घिमिरेले सम्पूर्ण सांसदको सहयोगबिना बैठक सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अपराह्न १ः१४ बजे १५ मिनेटको लागि स्थगित गर्नुभयो ।
शासक दलहरूबिच छलफलपछि सभामुख घिमिरेले अपरान्ह २ः२७ बजे बैठक चैत २८ गते ११ बजेसम्मको लागि स्थगित गर्नुभएको थियो ।
बिहान ११ बजेको लागि बोलाइएको बैठक सभामुखसहित प्रम दाहाल, एमालेका केपी ओली, नेकाका देउवाबिच बालुवाटारमा छलफल भएको थियो । छलफलको विषय संसद् सञ्चालनभन्दा पनि चैत २८ गते हुने राष्ट्रियसभाको उपाध्यक्ष चुनावबारे छलफल भएको बताइन्छ ।
Leave a Reply