भर्खरै :

बझाङ क्षेत्र नं. १ ‘क’ मा नेमकिपाको चुनाव प्रचार

बझाङ क्षेत्र नं. १ ‘क’ मा नेमकिपाको चुनाव प्रचार

बझाङ, २८ चैत । जयपृथ्वी नगरपालिका वडा नं. ९ देवल, वडा नं ३ डुङग्री र मस्टा गापा वडा नं १ समदेवमा कार्यकर्ता भेटघाट कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर १‘क’ उपनिर्वाचनका उम्मेदवार खगेन्द्रबहादुर शाहीले राजनीति भनेको जनताको निःस्वार्थपूर्वक सेवा गर्नको लागि हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ । समाजवादी व्यवस्थामा शिक्षा–स्वास्थ्य निःशुल्क हुन्छ; जनतालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ; उत्पादनका साधन र स्रोत राज्यको नियन्त्रणमा हुन्छ; मान्छेको जन्मदेखि अन्त्यसम्मको जिम्मेवारी राज्यले लिन्छ ।”
नेमकिपाले निर्वाचनलाई जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिने धारणा राख्दै उहाँले निर्वाचनमा सिद्धान्त र विचारको लडाइँ भएको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले देशले सही नेतृत्व पाएमा विकासको गति लिने र कम समयमा नै जनताको जीवनमा आमूल परिवर्तन गर्न सकिने बताउनुभयो ।
शासक पार्टीहरूले जनतालाई झूटको खेती गरी भ्रममा पारिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मिनु गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *