नेपालको मौलिक तथा धार्मिक साहित्य स्वस्थानी व्रतकथा
- माघ १, २०८१
भक्तपुर, २८ चैत । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा ४३ औँ शिक्षक दिवसको अवसरमा बुधबार शिक्षक भेला तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले साना बालबालिकाका लागि अक्षर चिनाउन विशेष र महत्वपूर्ण भूमिका निभाउने आधारभूत तहका शिक्षकहरूलाई कमजोर, नजान्ने भनी फरक दृष्टिकोण राख्न नहुने धारणा राख्दै नयाँ पुस्तालाई छलफल र विचारको माध्यमबाट प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।
उहाँले जात्रापर्वको सांस्कृतिक पक्षहरूलाई वैज्ञानिक तथा भौतिकवादी राखी स्थानीय स्रोत साधनहरूको उपयोग र उत्पादनमा नयाँ पुस्तामाझ शिक्षण सिकाइबाट देशको कुनाकन्दरामा गुणस्तरीय सेवा पुग्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले नेपाल राष्ट्रिय शिक्षक सङ्घको गठन र त्यसको पेसागत उपलब्धि तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घको भूमिका बारेमा जानकारी दिँदै वर्तमान शिक्षा विधेयक पुनः लेखन हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला तथा नगर समितिका अध्यक्ष एवम् गणेश माविका प्रअ गणेशराम थुसाले वर्तमान शिक्षा विधेयकमा शिक्षकको मौलिक तथा राजनीतिक अधिकारलाई कुण्ठित गरेको चर्चा गर्दै शिक्षकले पद, पैसा र नातावादको स्वार्थ त्यागेर देश र जनताको लागि शिक्षणसहित राजनीतिमा होमिनुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा भीम आदर्श आधारभूत विद्यालयका प्रअ दीपक माकले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मञ्चको रूपमा आधारभूत समितिले समयसमयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको र शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि सामाजिक व्यवहार र पेसाप्रति लगनशीलता बढाउन छलफल र तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
शिक्षक दिवस कार्यक्रममा समितिका सचिव सूर्यबहादुर फोजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply