भर्खरै :

धर्मभक्त अङ्ग प्रत्यारोपण स्थापनाको बा¥ह वर्ष

धर्मभक्त अङ्ग प्रत्यारोपण स्थापनाको बा¥ह वर्ष

भक्तपुर, ११ वैशाख । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको बा¥हौँ स्थापना दिवस केन्द्रको चोकमा सम्पन्न भयो ।
केन्द्रका प्रमुख डा. पुकार श्रेष्ठले स्थापनादेखिको अवधिमा १२ सत्न्दा बढीलाई मिर्गाैला प्रत्यारोपण गरिएकोमा ९९ सय प्रतिशत सफल भएको उल्लेख गर्नुभयो ।
डा. श्रेष्ठले चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरू स्थायी नभएको र केन्द्रको लागि पर्याप्त पूर्वाधार उपलब्ध नभएको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभरिकै जनताको समस्याबारे संसद्मा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले जनताका प्रतिनिधिहरूको सुझावलाई बेवास्ता गरेको बताउनुभयो ।
मिर्गाैला रोगबाट पीडित र सरोकारवालाहरूले समयमा उपचार पाउनुपर्ने र भ्रष्टाचार हुन नहुने विषयमा कार्यक्रममै प्ले कार्डमा प्रदर्शन गरेको उल्लेख गर्दै सांसद सुवालले प्रधानमन्त्रीले भ्रष्टाचार नगरे मन्त्रीले भ्रष्टाचार नगर्ने र मन्त्रीले भ्रष्टाचार नगरे सचिवले भ्रष्टाचार नगर्ने बताउनुभयो ।
एक सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको भन्ने भनाइ प्रधानमन्त्रीतर्फ तेर्सिएको उल्लेख गर्दै सांसद सुवालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले सोही चोकमा भएको स्थापना दिवस कार्यक्रममा केन्द्रको पश्चिमतर्फको सार्वजनिक जग्गा उपलब्ध गराउने विषय उठेको तर कार्यान्वयन नभएको बताउनुभयो ।
चिकित्सक र नर्सहरूको दरबन्दी थप र विज्ञापन नभएको दुई दशक बढी भएको र नेपालमा रोजगारी उपलब्ध नभएको भनी सरकारले चिकित्सक र नर्सहरूलाई वैदेशिक रोजगारीमा पठाएको उल्लेख गर्दै सांसद सुवालले संसद्मा उठाउनुपर्ने विषय भए उपलब्ध गराउन सहभागी सबैसँग आग्रह गर्नुभयो ।
भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समेटर भक्तपुुर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न सात वर्षअघिको प्रस्ताव सरकारले कार्यान्वयन नगरेको उल्लेख गर्दै सांसद सुवालले सरकारले समयमा काम नगर्दा जनतालाई धेरै दुःख भएको बताउनुभयो ।
प्रजग कोरियामा सिंहदरबारजस्ता भवनहरू ‘केटाकेटीको दरबार’ को नाममा देशको ठाउँ ठाउँमा बनाइएको तर नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको दरबारमात्र ठुलो भएको उल्लेख गर्दै सांसद सुवालले भविष्यका कर्णाधार नयाँ पुस्तालाई तयार पार्नेतर्फ सरकारको कुनै खाका नभएको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आफूलाई दायलासिस समयमा गर्न नपाएको गुनासो आएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंह, केन्द्रका डा. लुशन सिंह र मिर्गाैला पीडितहरूले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निम्ता गरिए पनि उपस्थिति देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *