यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा २०६ औँ विश्व सर्वहारा महान् गुरू कार्ल माक्र्सको जन्म दिवस मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले माक्र्सको जन्म दिवस मनाउनु माक्र्सको योगदानबाट शिक्षा लिनु हो भन्नुभयो ।
“माक्र्सकै योगदानस्वरूप कम्युनिस्ट घोषणापत्र प्रकाशित गरी विश्वका कामगरी खाने जनतामा मुक्तिको श्वास फेर्ने बाटो कोरिएको थियो । अहिलेसम्मको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट राज्य माक्र्सकै दर्शन, विचारअनुसार देशको वस्तुस्थितिअनुसार कार्यान्वयन भइरहेको छ”, उहाँले भन्नुभयो ।
सन् १८४४ मा पेरिसमा एङ्गेल्सको भेटले माक्र्सवादको विचारले विकसित रूप लिएको चर्चा गर्दै माक्र्सको विचारअनुसार पेरिस कम्युनले सरकार गठन गरेको केन्द्रीय सदस्य महर्जनले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जन, हरिशरण श्रेष्ठ, जितबहादुर महर्जनले माक्र्सको जीवनीबारे चर्चा गर्नुभयो भने सुनिल महर्जन, बाबुराम महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा किरण महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply