यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
दैलेख, २४ वैशाख । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँ समितिको आयोजनामा माक्र्स दिवस कार्यक्रम गरियो । सो कार्यक्रममा नेमकिपा जिल्ला अध्यक्ष जगत वलीले माक्र्सले सर्वहारावर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद, राजनैतिक अर्थशास्त्र र द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रतिपादन गर्नुभएको उल्लेख गर्नुभयो ।
उहाँले मानव समाजमा दुःखको कारण नै शोषण भएको पत्ता लगाएको उल्लेख गर्दै नेपालका संशोधनवादी र अराजकतावादी पार्टीको कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला सदस्य विन्दुलाल रेग्मी, नेमकिपा डुङ्गेश्वर गाउँ समितिका अध्यक्ष हीरामणि न्यौपाने, वडा नं. ५ का पार्टी अध्यक्ष लिलाप्रकाश दाहाल र नेमकिपा गाउँ समितिका चन्द्र भण्डारीले बोल्नुभएको थियो ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टी आठबिस नपा वडा नं. १ पार्टी समितिको आयोजनामा शनिबार २०६ औँ माक्र्स जयन्ती कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा दैलेख जिल्लाका सल्लाहकार निरकबहादुर शाहीले कार्ल माक्र्सले संसारलाई बदल्ने सिद्धान्त प्रतिपादन गरी विश्वका कामदारवर्गलाई शोषणबाट मुक्त गराउने बाटो देखाएको बताउनुभयो । उहाँले नेपालका एमाले र माओवादीहरूले माक्र्सवादको बदनाम गर्दै छन् भन्नुभयो ।
नेमकिपा जिल्ला सदस्य मानबहादुर सिजापतिले मे दिवसबारे प्रस्ट पार्दै आठ घण्टा काम र ज्यालाको वृद्धिको माग राखी गरिएको आन्दोलन नै मे आन्दोलन हो भन्नुभयो । मजदुरहरूको आन्दोलनलाई दबाउन प्रतिक्रियावादी सरकारले बल प्रयोग गरी दबाउने प्रयास गरे पनि सङ्गठित मजदुरहरूले सरकारलाई घुँडा टेकाएरै छोडेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य सौरे कामी, नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, नेक्राविसङ्घ आठबिस नगर समितिका अध्यक्ष गीता विक, कुमार सिंह विक र कलम विकले बोल्नुभएको थियो ।
Leave a Reply