भर्खरै :

नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर, २४ वैशाख । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
शिविरको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सामाजिक सेवाअन्तर्गत शिविर आयोजना गरेको बताउँदै संस्था सहकारी सिद्धान्तअनुरूप सञ्चालन भइरहेको बताउनुभयो । उहाँले हाल समस्यामा परेका सहकारी संस्थाहरू पैसा सङ्कलन गर्ने केन्द्रमात्र रहेको र नीति र सुशासनमा नचलेको बताउनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरूबाट सङ्कलन भए बचत सदस्यहरूकै हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै सदस्यहरूको सम्पूर्ण वित्तीय समस्याहरूको समाधान गर्ने संस्थाको लक्ष्य रहेको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सीदास दुमरुले स्वास्थ्त्न्दा धन कहिले ठुलो नहुने बताउँदै संस्थाबाट सञ्चालन भइरहेको स्वास्थ्य क्लिनिकमा सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध रहेको जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रमेश दुमरुले उपसमितिबाट निरन्तर स्वास्थ्य शिविर तथा सीपमूलक तालिमहरू आयोजना भइरहेको जानकारी दिँदै सेवाकेन्द्र पूर्वभेगीय सदस्यहरूको सहजताका लागि सञ्चालन भइरहेको बताउनुभयो ।
शिविरमा ख्वप अस्पतालका नाक, कान र घाँटी विशेषज्ञ डा. बेलु कायस्थले ६२ जना सहभागीहरूलाई परामर्श दिनुभयो । शिविरको औपचारिक कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव प्रकाश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *