विकासको नाममा राकम कर्णाली बन्यो अव्यवस्थित : प्राकृतिक विपत्को प्रचुर सम्भावना
- बैशाख १०, २०८२
मकवानपुर, २४ वैशाख । सोमबारदेखि औपचारिकरूपमा वाग्मती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ ।
गत असोज २२ मा वाग्मती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
राजपत्रमा प्रकाशित भएको एक सय ८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकोले सोहीअनुसार वैशाख २४ अर्थात् सोमबारदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सोमबार बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ ।
भाषा ऐन कार्यान्वयन घोषणापश्चात् वाग्मती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने भएको छ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको छ ।
Leave a Reply