भर्खरै :

च्वङा गणेशस्थानमा त्रिपक्षीय समन्वय बैठक सम्पन्न

च्वङा गणेशस्थानमा त्रिपक्षीय समन्वय बैठक सम्पन्न

भक्तपुर, २४ वैशाख । भक्तपुर नगरपालिका १ नं वडामा अवस्थित च्वङा गणेश मन्दिर परिसरमा प्रदूषणमुक्त गर्न भक्तपुर नपा १ वडा कार्यालय, च्वङा गणेशस्थान विकास संस्था तथा सव डिभिजन वन कार्यालय भक्तपुरको त्रिपक्षीय समन्वय बैठक च्वङा गणेशस्थान विकास संस्थाको कार्यालयमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिका १ नं. वडा कार्यालयका वडाध्यक्ष श्यामकृष्ण खत्रीले वन क्षेत्रको संरक्षणको निम्ति नगरपालिकाले समय समयमा वृक्षरोपन, सरसफाइजस्ता कार्य गरिरहेको जानकारी दिनुभयो ।
सव डिभिजन वन कार्यालय तेलकोट भक्तपुरका वन अधिकृत विनिता पाण्डेले यस क्षेत्रलाई प्रदूषणमुक्त बनाउनको निम्ति भनपा १ र च्वङा गणेशस्थान विकास संस्थाको पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।
च्वङा गणेशस्थान विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटले उक्त संस्था २०७२ सालमा दर्ता भए तापनि वि.सं. २०५८ सालबाटै यस क्षेत्रको संरक्षण संवद्र्धनमा लागेको बताउनुभयो । उक्त क्षेत्र सुधार गर्नको निम्ति मकवानपुर जिल्लाको हेटौँडाबाट पनि सल्लाको बिरुवा ल्याउनुभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *