यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २४ वैशाख । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सांस्कृतिक उपसमितिको आयोजनामा आइतबारदेखि तीनमहिने आधुनिक बाँसुरी बाजा तालिम सञ्चालन गरिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले आफ्नो व्यक्तित्व विकासको लागि विद्यार्थी जीवनमा पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापहरूतिर पनि सहभागी हुनुपर्छ । समयलाई व्यवस्थापन गर्न जानियो भने यो सम्भव छ भन्नुभयो ।
समाजको विकासको लागि संस्थाले समाजसँग मिलेर सांस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा विभिन्न कामहरू गरिरहेको उल्लेख गर्दै उहाँले संस्थाका विभिन्न गतिविधिबाट समाजमा सामाजिक भावनाको विकास भएको छ भन्नुभयो ।
सञ्चालक सदस्य एवम् सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोँजुले सङ्गीत एउटा अन्तर्राष्ट्रिय भाषा हो, सङ्गीतले शान्त र एकाग्र हुन मद्दत गर्दछ भन्नुभयो ।
प्रशिक्षक रवि कपालीले तालिमको महत्व तथा औचित्यबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा संस्थाका कर्मचारी दयालक्ष्मी धन्छाले पनि बोल्नुभएको थियो ।
Leave a Reply