अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, २ जेठ । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा जेठ १ गते भियतनामी कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रवादी नेता हो चि मिह्नको १३४ औँ जन्म दिवसको अवसरमा ललितपुर महालक्ष्मीमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले भन्नुभयो, “भियतनामी समाजवादी क्रान्तिका अन्तर्राष्ट्रवादी नेता हो चि मिह्न समर्पण र सरलताका प्रतीक हुनुहुन्थ्यो । उहाँ बिसौँ शताब्दीका चर्चित नेता हुनुहुन्थ्यो । उहाँले लेनिनवादी शिक्षाअनुसार उपनिवेश देश भियतनाममा समाजवादी क्रान्तिको नेतृत्व गर्नुभयो ।”
उहाँले भन्नुभयो, “उत्तरी भियतनाममा उहाँले एसियामै पहिलो समाजवादी क्रान्ति गर्नुभयो । मानव समाजमा दुःखको कारण साम्राज्यवादी आक्रमण, पुँजीपति र सामन्तवर्गको शोषण र दमन भएको हुँदा हो चि मिह्नले भियतनामी जनतालाई शिक्षित र सचेत गर्नुभयो । फ्रान्सेली साम्राज्यवाद, जापानी साम्राज्यवाद र अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँ गर्न भियतनामी जनतालाई तयार गर्नुभयो र लड्नुभयो । जापान, फ्रान्स र अमेरिकासँगको युद्धमा ती देशलाई भियतनामी जनताले नराम्रोसित हराए ।”
नेमकिपा महालक्ष्मीका सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घ ललितपुर जिल्ला सदस्य चन्द्रराज महर्जनले नेपालमाथि भारत र साम्राज्यवादी देश अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्षरूपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा मुट्ठीभरका शासकवर्गले शासन गरिरहने छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समिति सदस्य रुपा महर्जनले नेमकिपाले संसद् र सडकमा देश र जनताको हकहितमा सङ्घर्ष गरी संशोधनवादी पार्टी र पुँजीवादी विकृतिको विरुद्ध जनतालाई सचेत गर्ने कार्य गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ महालक्ष्मीका कृष्णराज महर्जनले भन्नुभयो, “नेपालको अहिलेको व्यवस्था पुँजीवादी हो । नेपालमा मानव बेचबिखन, असमानता, अपराध, बेरोजगारी र गरिबीलगायतका धेरै समस्या सृजना भएको छ । भ्रष्टाचार छायासरि छ । नक्कली भुटानी शरणार्थी बनाई ठगी कार्यमा उच्चपदस्थ व्यक्ति लागेको छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका कृष्णराज महर्जनले हो चि मिह्न भियतनाम मुक्तिको लडाइँमा लागेर समाजवादी देशमा परिणत गर्नुभएको बताउनुभयो ।
आशाराम महर्जनले नेपाल सरकार किसान समस्याप्रति उत्तरदायी नभएको, नेपालमा अनुदानसहितको रासायनिक मल सरकारले ल्याउने कार्य नगरेकोले थप सङ्घर्षको आवश्यकता छ भन्नुभयो ।
इन्द्रराज महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिकी महर्जन र अनिष महर्जनले हो चि मिह्न र भियतनामबाट सिकेर नेपालमा परिवर्तनको लागि काम गर्न आवश्यक भएको विषयमा प्रकाश पार्नुभयो ।
Leave a Reply