जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जापानको गुन्मा प्रान्तस्थित ओइजुमी नगरका नगर प्रमुख मुरायामा तोसिआकीले बिहीबार भक्तपुर नपाको बैठक कक्षमा भेटवार्ता गर्नुभएको छ ।
नगर प्रमुख तोसिआकीको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको सांस्कृतिक र ऐतिहासिक परिचयबारे अवगत गराउनुभयो ।
भक्तपुरलाई सांस्कृतिक र शैक्षिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यअनुसार काम गर्दै आएको बताउँदै उहाँले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो ।
उहाँले नेपाल र जापान दुवै भूकम्पको जोखिममा परेको मुलुक हुँदा भूकम्पबाट जोगिन नेपालले जापानबाट धेरै कुरा सिक्नुपर्ने सो अवसरमा उल्लेख गर्नुभयो । भूकम्पमा नेपाललाई सहयोग गरेकोमा धन्यवादज्ञापन गर्नुभयो ।
फोहरमैला व्यवस्थापनमा जापानले प्रगति गरेको हुँदा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको लागि नेपाल सरकार र जापान सरकारबिच छलफल गर्न पाए देशकै लागि राम्रो हुने उहाँले बताउनुभयो ।
भेटमा ओइजुमी नगरका प्रमुख तोसिआकीले दुई नगरबीच सहयोग संयन्त्र बनाएर अनुभव आदानप्रदान गर्न सकिने बताउँदै जापानको ओइजुमी नगर औद्योगिक नगर भएको जानकारी दिँदै विश्व प्रसिद्ध गाडी निर्मार्ता कम्पनीहरू त्यस नगरमा रहेको बताउनुभयो ।
उहाँले २०७२ सालको भूकम्पको बेला आफ्नो नगरको साथै आफूले पनि नेपाललाई सहयोग गरेको बताउनुभयो ।
ओइजुमी सहर अत्यन्त सुरक्षित रहेको र त्यहाँ ५२।५३ वटा देशका नागरिकहरू बसोबास गर्छन् भन्नुभयो । उहाँले आफ्ना पार्टीका नेताहरू विभिन्न आर्थिक अनियमितताका मुद्दाहरू झेलिरहेका पनि सो अवसरमा जानकारी दिनुभयो । आफ्नो सहर सबभन्दा पहिले भेदभाव अन्त्य भएको सहर हो उहाँले भन्नुभयो ।
भेटपश्चात् प्रतिनिधिमण्डल टोलीले भक्तपुरका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका प्राचीन सम्पदाहरूको स्थलगत अवलोकन गर्नुभएको थियो ।
Leave a Reply