रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम आइतबार सम्पन्न भएको छ । सोही अवसर पारेर भक्तपुर नपामा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान र नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
अतिथि बिजुक्छेँले कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नपाले आत्मनिर्भर हुने संस्कृतिको विकासलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै जनतालाई सचेत र सङ्गठित पार्दै अगाडि बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
विदेशको सिद्धान्त र विचार आफ्नो देशमा कति लागु गर्न सकिन्छ सोको अध्ययन र सही मूल्याङ्कन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भक्तपुरलाई टेस्टट्युबको रूपमा प्रयोग गरी हेर्नुपर्ने बताउनुभयो ।
आफ्नै ढङ्गले आफ्नै अनुभवमा जनतालाई सचेत पार्दै अघि बढे सफलता पाउने विश्वास व्यक्त गर्दै उहाँले हाम्रो आफ्नो मन भुल्न नहुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान घोषणा भएको ८ वर्ष बितिसक्दा पनि देशमा सङ्घीयताको राम्रो कार्यान्वयन हुनसकेको उल्लेख गर्दै स्थानीय तहहरूले सङ्घ र प्रदेशले पठाउने समानीकरण अनुदान बढाउनुपर्ने माग गरिरहेको बेला उल्टै सशर्त अनुदान बढाई सङ्घ र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्न खोजिरहेको बताउनुभयो ।
जनसङ्ख्या र क्षेत्रफलको आधारमा स्थानीय तहलाई वित्त आयोगको सिफारिसमा अनुदान प्रदान गर्ने संवैधानिक व्यवस्था भए पनि चालु आ.व. २०८०/८१ को बजेटमा वाग्मती प्रदेशले भक्तपुर नगरपालिकालाई समपुरक अनुदान र विशेष अनुदान शीर्षकमा बजेट नै नपठाएकोमा आपत्ति जनाउँदै फरक विचार राख्ने पालिकाहरूलाई सहयोग नगर्ने वाग्मती प्रदेश सरकारको नीति आपत्तिजनक भएको उल्लेख गर्नुभयो ।
सरकारलाई संविधानविपरीत पक्षपात र पूर्वाग्राही काम गर्ने छुट नभएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई मावि तहसम्मको शिक्षाको अधिकार संविधानले नै प्रदान गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु प्रतिगामी कदम हो भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तीन तहको सरकारले आफ्नो नीति तथा कार्यक्रमको समीक्षा, उपलब्धि र सफलताबारे जनताबिच छलफल आवश्यक रहेको बताउनुभयो ।
६० वर्ष अमेरिकाको नाकाबन्दी खपिरहेको क्युवा र प्रजग कोरियाको इतिहासबाट नेपालले सिक्नुपर्ने बताउँदै उहाँले भौतिक विकास मात्र विकास नभएको बताउँदै नगरको सौन्दर्यकरण, प्राकृतिक, हरियाली व्यवस्थापनतर्फ पनि जोड दिँदै जानुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयकेन्द्रित गतिविधि आजको आवश्यकता भएको बताउँदै शिक्षक, विद्यार्थी, कर्मचारीकेन्द्रित गतिविधि नपा र वडाहरूले जोड दिनुपर्ने चर्चा गर्दै विद्यार्थीहरूको पोषणको अवस्था, विद्यालयलाई आवश्यकताअनुसारको अनुदान, शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि तालिम, शिशु स्याहार केन्द्रहरू थप्दै लानुपर्ने सुझाव दिनुभयो ।
नपाले नगरवासीहरू परिचालन, शिक्षित गर्ने कामलाई निरन्तरता दिँदै जानुपर्ने बताउँदै उहाँले अव्यवस्थित सडक निर्माण र वातावरण प्रदूषण आदि क्षेत्रमा सचेतना जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले शिक्षा, स्वास्थ्य मौलिक संस्कृति जगेर्ना गर्ने क्षेत्रमा भक्तपुर नपाको काम प्रशंसनीय भएको बताउनुभयो । सरकारको संवैधानिक अधिकारभित्र बसेर राष्ट्रिय योजना आयोगले विभिन्न नपासँग सहकार्य गर्दै अनुदानहरू पठाइरहेको धारणा राख्नुभयो । देशलाई मार्गनिर्देश गर्ने खालको कार्य छोटो अवधिमा उदाहरणीय र अनुकरणीय काम गरेको चर्चा गर्दै उहाँले आयोगको तर्फबाट गर्नुपर्ने सहयोग तथा समन्वयको लागि सधैँ तत्पर रहेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाले आफ्नो दरिलो र गर्विलो उपस्थिति जनाएको बताउँदै राजनीतिक सुदृढीकरणले देशका सबै समस्या समाधान सम्भव हुने बताउनुभयो । उहाँले सभ्य र परिष्कृत जनप्रतिनिधिबिच बसेर काम गर्न पाउँदा निकै सहज भएको बताउँदै नपाले सुशासन कायम हुने ढङ्गले आफ्नो गतिविधि सार्वजनिक गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य राख्दै भक्तपुरलाई अझ सुन्दर बनाउन १०० वर्षपछिको भक्तपुर पुस्तकलाई मार्गदर्शकको रूपमा लिई अगाडि बढिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply