सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, ६ जेठ । सवारी दुर्घटना र यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आइतबार भक्तपुरमा चालक/परिचालकहरूलाई प्रशिक्षण दिइएको छ ।
वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मुख्य प्रायोजन, भक्तपुर उद्योग वाणिज्य सङ्घ, भक्तपुर जिल्ला यातायात समन्वय समिति र भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । भक्तपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा सञ्चालन भएको चालक/परिचालक प्रशिक्षण कार्यक्रममा ९० जना चालक तथा परिचालकहरू सहभागी भएका थिए ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नेपालमा हुने अधिकांश दुर्घटना चालकहरूका कारण हुने गरेको भन्दै चालकहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले दिगो विकास लक्ष्यअन्तर्गत लिएको सन् २०३० सम्ममा सडक दुर्घटना मृत्यु र घाइते दरलाई ५० प्रतिशतमा झार्ने लक्ष्यलाई सफल बनाउन चालकहरूको भूमिका महत्वपूर्ण रहेकोले जिम्मेवार भएर सवारी साधन चलाउन उहाँले अनुरोध गर्नुभयो ।
वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरूमा जिम्मेवारीबोध हुनुपर्ने बताउनुभयो । सवारी चालक, सहचालक, यात्रुहरू सबै जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै धनजनको क्षति कम गर्न सकिने उहाँको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले सवारी चालकहरूलाई गन्तव्यमा चाँडै पुग्ने मनसायमात्र नराखी आफू र अरुलाई समेत सुरक्षित बनाउने गरी सवारी साधन चलाउन आग्रह गर्दै सवारीसम्बन्धी नियम कानुनहरू पालना गरेमा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले दुर्घटना न्यूनीकरणका लागि चालकहरू सचेत, अनुशासित हुनुपर्ने र सवारी साधनको अवस्थासमेत राम्रो हुनुपर्नेमा जोड दिनुभयो । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ नगर्दा, सडक मर्मत नगरिँदा, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिमलगायतका विषयमा ध्यान नदिँदा सवारी दुर्घटना हुने क्रम बढेको उहाँको भनाइ छ ।
कार्यक्रममा भक्तपुर जिल्ला यातायात समन्य समितिका संयोजक रामकाजी भुजू, ट्राफिक प्रहरी कार्यालय भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई प्रहरी नायव निरीक्षक कृष्ण घलान, स्वास्थ्य बीमा बोर्डमा कार्यरत डा. राम थापा क्षेत्री, सडक दुर्घटना नियन्त्रण विशेषज्ञ दीपक लामिछानेले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा सङ्घका अध्यक्ष धौबन्जाले प्रजिअ श्रेष्ठ र प्रदेश सचिव निरौलालाई मायाको चिनोस्वरूप मयुर झ्याल प्रदान गर्नुभएको थियो ।
Leave a Reply