नेमकिपा इनाचो चोर्चा–७ द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, ११ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूले विद्यालय तहदेखि गरेको मेहनत र परिश्रमले उज्यालो भविष्य निर्माण हुने बताउँदै प्रतिस्पर्धाको भावनाले परीक्षामा उत्तीर्ण मात्र नभई प्रथम हुने उद्देश्यले अध्ययन गर्न प्रेरित गर्नुभयो ।
बासु माध्यमिक विद्यालयको आयोजनामा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरूलाई पाठ्यक्रमसँगसँगै विद्यालयहरूले अतिरिक्त क्रियाकलापहरू संलग्न गराई विद्यार्थीको योग्यता, क्षमता र चाहनाअनुसारको सिकाइ प्रविधि अगाडि बढाउन जरूरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सिङ्गो देशलाई नै शैक्षिक क्षेत्रमार्फत अगाडि बढाउने उद्देश्यले कलेजहरू सञ्चालन गर्दै देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई सभ्य एवं सुसंस्कृत बनाउन विद्यालयको शैक्षिक जग राम्रो तथा बलियो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूलाई अनुशासित, अध्ययनशील र मिलनसार भई अगाडि बढ्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले सामुदायिक शिक्षा राम्रो भए गरिब जनताका छोराछोरीहरूले सुलभरूपमा शिक्षा हासिल गर्न सकिने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नपाबाट सञ्चालित विभिन्न कलेजहरूमा धेरै विषयको अध्ययन अध्यापन हुँदै आइरहेको अवगत गराउँदै भक्तपुर नपाले शिक्षामा गरेको लगानी सिङ्गो देशकै लागि फलदायी भएको बताउनुभयो ।
बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईले बासु माविमा २०८१ सालमा १९० जना नयाँ विद्यार्थी भर्ना भएको तथ्याङ्क प्रस्तुत गर्दै बासु माविले विद्यालयमैत्री गतिविधिलाई जोड दिइरहेको बताउनुभयो । उहाँले विद्यालय नर्स व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन, पोषणबारे अभिमुखीकरण आदि आयोजना गरी विद्यार्थीहरूलाई सचेत पार्दै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रअ रविलाल प्रधान, सहायक प्रअ राजकुमार हयौँमिखा, प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरू, अतिरिक्त क्रियाकलाप समितिका संयोजक रामहरि ताम्राकार, विद्यालय परामर्श समितिका संयोजक रामकुमार निरौला, विद्यार्थी हित समितिका लक्ष्मण कोजु, शिक्षिका सुनिता घटुवालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply